काठमाडौं। विश्वकप फुटबलअन्तर्गत युरोपेली छनोटमा डेनमार्क, पोल्याण्ड, हंगेरी, अष्ट्रिया र नर्दन आयरल्याण्डले विजयी नतिजा निकाल्दा इटाली भने रोकिएको छ।
युरोपेली छनोटका खेलमा डेनमार्कले फारोई आइल्याण्डलाई ३१ ले पराजित गर्यो। उसका लागि स्कोव अल्सेन, ब्रुन लार्सेन र मेहलेले गोल गरे। आइल्याण्डका कियामेन्टले एक गोल फर्काए।
पोल्याण्डले एन्डोरालाई ४१ गोल अन्तरले पन्छायो। रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा पोल्याण्डका लागि कमिल र मिलिकले एक एक गोल गरे। एन्डोराका मार्क वालेसले एक गोल फर्काए।
सान मारियोमाथि शानदार जित निकालेको हंगेरीको लागि डोमिनिकले दुई गोल गरे। यस्तै डानियल र बालियन्टले एक एक गोल गरे।
अष्ट्रियाले इजरायललाई ४२ गोल अन्तरले पन्छायो भने नर्दन आयरल्याण्डले लिथुवानियालाई १० गोल अन्तरले पराजित गर्यो।
यता इटाली भने स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ। दुवै टोलीले एक एक गोल गरे।