spot_img

spot_img

कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस कक्षा सञ्चालन हुने

सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १९ मंसिरदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएको छ।

प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा. निरेश थापाले जानकारी दिए। प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा. थापाले बताए।

“प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्रमसहितका समाचार केही सञ्चारमाध्यममा आएको देखियो”, उनले भने, “प्रतिष्ठानको पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ। जसअनुसार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ।”

यसका लागि चिकित्सा शिक्षा आयोगको यही २५ कात्तिकको सूचनाअनुसार आउँदो १९ मंसिरदेखि कक्षा सञ्चालन गर्न प्रतिष्ठान पूर्णरुपमा तयार रहेको बताउँदै उनले प्रतिष्ठानमा सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रममा कुनै पनि रोकावट नभएको र नहुने जानकारी दिए।

तीन दिनअघि उपकुलपति डा. मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए। सरकारले त्यसको एक दिनपछि अर्थात् बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा.थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो।

नयाँ जिम्मेवारी पाएका निमित्त उपकुलपति डा. थापा र निमित्त रजिष्ट्रार शाही, नर्सिङ डीन सरस्वती गौतम, जनस्वास्थ्य डीन मुनिराज क्षेत्रीसहितका पदाधिकारीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतिष्ठानका कुनै पनि काम नरोकिएको र नरोकिने भन्दै प्रष्टीकरण दिएका थिए।

निमित्त उपकुलपति डा. थापाका अनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन्। एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ।...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस...
spot_img
spot_img

सम्बन्धित समाचार

वीरगंजको भाटभटेनीमा म्याद गुज्रेका सामान बिक्री, ५ हजार जरिवाना

वीरगन्ज, ३० भदौं । वीरगंजको भाटभटेनी सुपर मार्केटमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेपछि पाँच हजार जरिवाना गरिएको छ । आइतवार अनुगमनका क्रममा म्याद...

“ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा को–को विद्यार्थीहरु उत्कृष्ट ?

वीरगंज, २९ भदौ । “ओजन फर लाइभ” शीर्षक वक्तृत्वकला प्रतियोगीतामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आनन्द चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रूपा...

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप विश्व हिन्दू...

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री देबि स्थान ने.रा...

विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने

काठमाण्डौ २७ भदाै/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ। राप्रपालगायत विभिन्न हिन्दूवादी...

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भाइरल...