काठमाडौं। ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका महिला राष्ट्रिय फुटबल लिगका लागि छनोट भएका छन्।

शुक्रबार भएको उपमेयर कप महिला राष्ट्रिय फुटबल लिग छनोटको आ-आफ्नो सेमिफाइनल खेल जित्दै यी दुईले लिगमा छनोट पक्का गरेका हुन्।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा धनगढीले गौरीगंगा नगरपालिकालाई ४-० पराजित गर्‍यो। त्यसैगरी कनकाई नगरपालिकालाई १-० ले हराउँदै ललितपुर पनि फाइनलमा स्थान पक्का गर्‍यो।

अब यो प्रतियोगिताको उपाधिका लागि धनगढी र ललितपुरबीच आइतबार भिडन्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय