काठमाडौं। विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल, चिली, पेरु र इक्वेडरले जित निकालेका छन्।

ब्राजिलले कोलम्बियामाथि १-०, चिलीले पाराग्वेमाथि १-०, इक्वेडरले भेनेजुएलामाथि १-० र पेरुले बोलिभियामाथि ३-० गोल अन्तरको जित निकालेका हुन्।

ब्राजिललाई कोलम्बियामाथि जित दिलाउने क्रममा एकमात्र गोल लुकास पक्वेटाले खेलको ७२ औँ मिनेटमा गरे। जितसँगै ब्राजिल कतार विश्वकपका लागि छनाेट भएकाे छ।

पाराग्वेमाथि जित दर्ता गर्नेक्रममा चिलीले उपहार गोल पायो। पाराग्वेका गोलकिपर एन्टोनी सिल्भाले आत्मघाती गोल गर्दा चिलीले १० को जित निकाल्यो।

यता, इक्वेडरलाई भेनेजुएलामाथि १-० गोल अन्तरको जित दिलाउने क्रममा खेलको ४१ औँ समनेटमा हिन्कापीले गोल गरे।

बोलिभियामाथि ३-० गोल अन्तरको शानदार जित दर्ता गरेको पेरुका लागि लापाडुला, क्रिस्टियन क्युवा र सर्जियो पेनाले गोल गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय