spot_img

spot_img

पत्रकार र स्रष्टालाई विराट म्यूजिक अवार्ड र सम्मान

काठमाडौं–विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको छ । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’लगायतले स्रष्टालाई अवार्ड प्रदान गरेका थिए ।

अवार्डअन्तर्गत फिल्म विधामा फिल्म ‘सञ्जोग’का लागि निर्देशक वेदप्रसाद भुजेलले ‘उत्कृष्ट चलचित्र निर्देशक’, ‘मन्दिरा’का लागि नरेन खड्काले ‘उत्कृष्ट अभिनेता’, ‘लक्ष्मी रानी’का लागि सुभेक्षा थापाले ‘उत्कृष्ट अभिनेत्री’, ‘म त मर्छु कि क्या हो’को गीतका लागि राजेन्द्र बजगाईंले ‘उत्कृष्ट पाश्र्व संगीत’, ‘ब्याड ब्वाई’का लागि राजुजंग थापाले ‘उत्कृष्ट द्वन्द्व निर्देशन’, शंकर बस्नेतले ‘उत्कृष्ट प्रोडक्सन मेनेजर’, ‘आमा’का लागि दीर्घ खड्काले ‘उत्कृष्ट सम्पादक’, ‘धन्दागिरी’का लागि दिनेश खड्काले ‘उत्कृष्ट खलपात्र’, ‘लक्ष्मी रानी’का लागि धिरेन शाक्यले ‘उत्कृष्ट सह–अभिनेता’, कमल राईले ‘उत्कृष्ट नृत्य निर्देशक’, ‘भद्रगोल’की आशा भुषालले ‘उत्कृष्ट अभिनेत्री’ र मेकअप आर्टिष्ट राकेश रनपालले ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड जिते ।

सुगम संगीत विधातर्फ ‘यस्तो माया’का लागि दीपक शर्माले ‘उत्कृष्ट संगीतकार आधुनिक’, ‘पर्दैन पर्दैन’का लागि वेनिशा पौडेलले ‘उत्कृष्ट गायिका आधुनिक’, ‘यस्तो माया’का लागि प्रताप दासले ‘उत्कृष्ट गायक आधुनिक’, ‘आटो पिठो’का लागि एलिजा गौतमले ‘उत्कृष्ट मोडल महिला’, ‘काँचुली’का लागि कमल सिंहले ‘उत्कृष्ट मोडल पुरुष’, ‘एक्लै हुँदा परदेशमा’का लागि साहिल खानले ‘उत्कृष्ट नवनिर्देशक’, ‘जेल पनि सहुँला’का लागि विष्णु खड्काले ‘उत्कृष्ट भिडियो सम्पादक’, अमृता कँडेल खकुरेलले ‘उत्कृष्ट मेकअप र फेसन डिजाइन’ अवार्ड जिते ।

त्यस्तै ‘त्यो तिम्रो चोखो प्रेमको’ लागि पुरुषोत्तम प्रधानले ‘उत्कृष्ट छाँयाकार’, ‘पानी कुवाको’का लागि अलिफ खानले ‘उत्कृष्ट पप गायक’, ‘सालघारी’का लागि रानी शाक्यले ‘उत्कृष्ट पप गायिका’, ‘सिरानीलाई’का लागि ओमप्रकाश राईले ‘उत्कृष्ट संगीतकार पप’, ‘ए काली भागौं यसपाली’का लागि दीपक आचार्य ‘काकु’ले ‘उत्कृष्ट निर्देश्क पप’, ‘तिमी नै’का लागि नविनकुमार पौडेलले ‘उत्कृष्ट लोक गायक’, ‘ओई मेरी’का लागि लक्ष्मी आचार्यले ‘उत्कृष्ट गायिका लोक’ र ‘तिमी नबुझी’का लागि विज्ञान राईले ‘उत्कृष्ट भिडियो निर्देशक आधुनिक’को अवार्ड पोल्टामा पारे ।

कार्यक्रममा अमरबहादुर विश्वकर्मालाई निर्देशनतर्फ र भुपेन्द्र अधिकारीलाई सम्पादनतर्फ ‘स्पेशल अवार्ड’ दिइएको थियो । त्यस्तै ‘न्यानो बस्ती’का निर्देशक दण्डबहादुर अधिकारी र मेकअप आर्टिस्ट अनिमेश गुरुङले पनि अवार्ड पाएका थिए ।

त्यस्तै उमा बेबी गिरी, निर्देशक आकाश अधिकारी, छायांकार राजेश खड्का, पुरुषोत्तम पराजुली, मोडल जानकी कुँवर, मेकअप आर्टिस्टहरु नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, पप गायक सुरज पौडेल र निर्देशक कुमार आचार्यले ‘जुरी अवार्ड’ पाएका थिए । ‘पपुलर च्वाईस अवार्ड’ भने मिलन नेवार, गीता शाह र भीष्मराज फुलाराले जिते ।

कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका मञ्जु थापालाई ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’, गीतकार डीआर उपाध्याय, खलपात्र तुलसीप्रसाद श्रेष्ठ, अभिनेता पुष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सर मनोज परियार र सम्पादक नहकुल खड्कालाई ‘राष्ट्रिय कलाकार सम्मान’, युवा उद्यमी नवराज श्रेष्ठलाई ‘उद्यमी सम्मान’ र निर्देशक उत्तमप्रसाद अधिकारीलाई ‘कार्यक्रम व्यवस्थापक सम्मान’ प्रदान गरिएको थियो ।

पत्रकारितार्फ पत्रकार लक्ष्मण सुवेदीलाई नगद राशीसहित ‘राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै डब्बु क्षेत्री, विष्णु सुवेदी, कुवेर गिरी, नेमिष गौतम र गोपीकृष्ण चापागाईंलाई पनि ‘राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो ।

यसैगरी छायाँकार जीवन पराजुली, फिल्म निर्देशक मदन घिमिरे, संगीतकार राजु सिंह, छायाँकार रविचन्द्र कोइराला र पत्रकार सरोज ओझालाई ‘जुरी सर्टिफिकेट’ दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

करेन्ट लागेर दुई जनाको मृत्यु

वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५...

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत...
spot_img
spot_img

सम्बन्धित समाचार

व्यापारीहरूसँग महिनावारी असूल्ने नक्कली प्रहरी पक्राउ

वीरगंज, १५ मंसिर । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँँपालिका वडा नं....

आगोमा जलेर बारामा एक महिलाको मृत्यु

बारा । बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवी...

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

सिराहा, १४ मंसिर । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

वीरगंज, १३ मंसिर । पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक...

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

‘टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही हुन्छ’ : गृह मन्त्रालय

वीरगञ्ज । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री...