काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतमा प्रवेश गरेका छन्।
अदालतको मेन गेटमा नेपाल बार एशोसिएशनले धर्ना दिएकाले उनी वैकल्पिक गेटबाट सुरक्षा घेरामा रही अदालत छिरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश रोक लगाउने उद्देश्यसहित बारले अदालतको मुख्य गेटमा भर्ना दिएको हो।
बारले मध्यान्ह १२ बजेसम्म धर्ना दिने जनाएको छ। यसअघि, आजै अदालत परिसरमा बारको आन्दोलनरत टोलीसँग त्यहाँ उपस्थित अर्को समूहको झडपसमेत भएको छ।