spot_img

spot_img

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच महत्वपूर्ण भर्चुअल वार्ता हुँदै

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सोमबार भर्चुअल वार्ता हुँदैछ। दुई देशबीच कोडिभ-१९ को उत्पत्ति, व्यापार, मानव अधिकार र सैन्य गतिविधि लगायतका विषयमा मतान्तर रहेको अवस्था राष्ट्रपतिबीचको वार्ता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

यस्तै, दुई देशबीच पछिल्लो समयमा आणविक हतियारको प्रतिस्पर्धा बढ्दै गरेको अवस्थामा चिनियाँ राष्ट्रपतिसँग सिधा सम्पर्क गर्नु उचित हुने अमेरिकी अधिकारीहरु बताउँछन्। सीसँगको सिधा सम्पर्कले विश्वका दुई ठूला आर्थिक देशबीच देखिएको समस्यालाई समाधान गर्न सक्ने अधिकारीहरु विश्वास गर्छन्।

यस्तै, चीनले पनि अमेरिकासँगको अनाश्वयक टकरावभन्दा ‘सकारात्मक प्रतिस्पर्धा’ गर्न चाहेको बताइन्छ। यता जलवायु परिवर्तन लगायतका विषयमा सहकार्य गर्दै कोरोना भाइरसलाई निर्मुल पार्न पनि अमेरिकासँगको सहकार्य महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरु बताउँछन्।

बुधबार मात्रै स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी कोप-२६ बैठकका क्रममा अमेरिका र चीनले जलवायु परिवर्तनमा सहकार्य गर्नेभन्दै एक संयुक्त वक्तव्य प्रकाशित गरेका थिए। संयुक्त वक्तव्य प्रकाशित गरेसँग दुई देशका राष्ट्रपतिबीच भर्चुअल वार्ता हुन सक्ने अपेक्षा गरिएको थियो।

‘हामी अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई बक्सिङ खेल जस्तो नभएर गल्फ खेल जस्तो भएको मान्छौँ। गल्फ खेलमा प्रतिस्पर्धीभन्दा राम्रो गर्ने चाहना हुन्छ भने बक्सिङमा प्रतिस्पर्धीलाई पछार्ने मात्रै उद्देश्य लिइएको हुन्छ’, एक अमेरिकी अधिकारीले भने।

दुई देशका राष्ट्रपतिबीच हुने भेटवार्ताका विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रबार एशिया प्यासिफिक आर्थिक सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको भने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

अर्कोतर्फ चिनियाँ राष्ट्रपति बाइडेनले भने सन् २०२२ मा चीनमा आयोजना हुने शीतकालीन ओलम्पिकमा सहभागी हुन अमेरिकी राष्ट्रपति बाइडेनलाई बोलाउने अनुमान गरिएको छ। चिनियाँ सञ्चार माध्यममा प्रकाशित समाचारलाई आधार मान्दै रोयर्टसले उक्त कुरा जनाएको हो।

यस्तो निमन्त्रणा आएको अवस्थामा बाइडेनलाई अप्ठ्यारो पर्ने विश्वास गरिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले चीनले मानव अधिकारको पालना नगरेको आरोप लगाउने गरेका छन्।

जापानको टोकियोमा आयोजना भएको ग्रिष्मकालीन ओलम्पिकमा सहभागी नभएका बाइडेन चीनबाट भ्रमणको निमन्त्रणा आउँदा के गर्छन् त्यो अहिले नै अनुमान गर्न नसकिने अमेरिकी अधिकारीहरु बताउँछन्। टोकियो अमेरिकाको एक प्रमुख साझेदार मुलुक हो भने बेइजिङ प्रमुख प्रतिस्पर्धी मुलुक हो।

यसअघि ९ सेप्टेम्बरमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच करिब ९० मिनेट टेलिफोन वार्ता भएको थियो। उक्त वार्तामा आर्थिक मुद्दादेखि लिएर जलवायु परिवर्तन र कोभिडका विषयमा छलफल भएको थियो।

बाइडेनले सीसँग भौतिक रुपमा नै वार्ता गर्न चाहेको सञ्चार माध्यमले दाबी गरेका छन्। बेइजिङसँग ताइवान मुद्दादेखि अन्य मुद्दासँग गहन छलफल गर्न पनि बाइडेनले भौतिक रुपमा नै छलफल गर्न चाहेको बताइन्छ।

अमेरिकी अधिकारीहरुले बाइडेन र सीबीच जी-२० सम्मेलनका क्रममा इटालीको रोममा साइडलाइन वार्ताको प्रयास गरेका थिए। उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी भौतिक रुपमा उपस्थिति नहुँदा प्रयास सफल भएको थिएन। चीनमा कोभिड संक्रमण फैलिएसँग २१ महीना यता चिनियाँ राष्ट्रपति देश बाहिरको यात्रामा निस्किएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

वीरगंज, १५ कात्तिक । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड...

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

वीरगंज, १५ कात्तिक । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् । कलेजको कक्षा १२ मा...

सर्राफ हत्या प्रकरणः दशजना पक्राउ, बजार बन्द, अन्त्येष्टि गरियो

बारा १४ कात्तिकः गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा...

रुपेश हत्या प्रकरणः ६ जना पक्राउ

वीरगंज, १४ कात्तिक । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको...

कान्छी पत्नीलाई छुरा प्रहार गर्ने पति–पत्नी पक्राउ, सासु, ससुरा फरार

वीरगंज, १३ कात्तिक । कान्छी श्रीमतीलाई छुरा प्रहार गर्ने पति र उनको जेठी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । फूलपाती दिन कात्तिक ४ गते राती...

पर्साको टिहुकी, भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी, असुलीमा इन्स्पेक्टर र असई

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्नेमा नेपाल–भारत सिमानाकासंग जोडिएको टिहुकी हुँदै खुलेयाम तस्करी भईरहेको पाईएको छ । खुल्ला सीमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको...