काठमाडौं। जारी टी ट्वान्टी विश्वकप प्रतियोगिताको सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई १ सय ७७ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ।
दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले पूरै ओभरमा मात्र ३ विकेटको क्षति १ सय ७६ रन बनायो। उसका लागि मोहम्मद रिजवानले ५२ बलमा ६७ रनको योगदान दिए भने ३२ बलमा ५५ रन बनाए।
कप्तान बाबर आजमले ३४ बलमा ३९ रन बनाए। पाकिस्ताना शोएब मल्लिक तथा मोहम्मद हफिजले १/१ तथा असिफ अलि शून्यमै आउट भए। अष्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिए।
न्यूजिल्याण्डले भने हिजो भएको खेलमा इंग्याल्याण्डलाई पाँच विकेटले हराउँदै फाइनल पुगेको छ।
यी दुई पटक अहिलेसम्म भएका २३ टी ट्वान्टी प्रतियोगिताको भेटमा पाकिस्तान हाबी हुँदै आएको छ। पाकिस्तानले १३ पटक बाजी मारेको छ। तर सन् १०१९ मा भएको पछिल्लो टी ट्वान्टी क्रिकेट भेटमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको थियो। आज पाकिस्तान त्यही हारको बदला लिने दाउमा हुनेछ। तर टी ट्वान्टी विश्वकप भेटमा भने दुवैले ३/३ पटक जित निकालेका छन्।