काठमाडौं। सरकारले अति विपन्न वर्गमा पर्ने परिवारलाई राहत रकम लिनका लागि निवेदन दिन सूचना निकालेको छ। सूचनाअनुसार कोरोना महामारीका कारण आयआर्जनको बाटो गुमाएका अति विपन्न पाँच लाख परिवारले राहत पाउने निवेदन दिनुपर्नेछ।
रोजगारी तथा आयआर्जनको स्रोत गुमाएका विपन्न परिवारले उक्त राहतका लागि निवेदन दिन सक्नेछन्। अनौपचारिक तथा असंगठित क्षेत्रका विपन्न पाँच लाख परिवारले उक्त राहत योजनामा सहभागी हुन पाउनेछन्।
निवेदन दिएका पाँच लाख परिवारले राहत १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। सोही रकम दाबी गर्नका लागि तोकिएको ढाँचामा निवेदन पेश गर्न अर्थ मन्त्रालयले सूचना निकालेको हो।