काठमाडौं। हिजो र आज गरी दुई दिनमा कोरोनाविरुद्ध १४ लाख बढी डोज नेपाल ल्याइएको छ। स्वीजरल्याण्ड सरकार र कोभ्याक्स सुविधाअन्तर्गत एस्ट्राजेनेकाको ४ लाख ९२ हजार डोज बुधबार राति कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
त्यस्तै आज बिहान (बिहीबार) नेपाल सरकारले कष्ट सेयरिङमार्फत किनेको भेरोसेलको १० लाख ५८ हजार डोज खोप चिनियाँ कार्गो विमानमार्फत काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।
चाइनासँग नेपाल सरकारले खरिद गरेको १० लाख ५८ हजार डोज भेरोसेल खोप काठमाडौं आइपुगेको हो हिजो राति भने कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार डोज र स्वीजरल्यान्ड सरकारले १ लाख ४४ हजार डोज अनुदानमा उपलब्ध गराएको हो।
उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप भण्डार केन्द्रमा राखिएको समेत उनले जानकारी दिए।