काठमाडौं। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबार बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन आफू मातहतका कानून व्यवसायीहरुलाई अनुरोध गरेको छ।
एशोसिएशनका महासचिव लीलामणि पौडेलले सदस्यहरुलाई पत्र लेख्दै प्रधान्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुन अनुरोध गरेका हुन्।
प्रधानमन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायी दशैँ लगत्तैदेखि आन्दोलनरत छन्।
कानून व्यवसायीहरुको आन्दोलनलाई नेपाल बार एशोसिएशनले नेतृत्व गर्दै आएको छ।