काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झाले पार्टी परिवर्तन गर्ने भएका छन्। माओवादी केन्द्रबाट झाले पार्टी परिवर्तन गर्दै नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेको उनी निकट नेताहरु दाबी गर्छन्।

नेता झाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै पार्टी परिवर्तन गर्न लागेको बताइएको छ। झाले सहमतिमा नै पार्टी परित्याग गर्न लागेको बताइए पनि माओवादी केन्द्रले स्थायी कमिटी सदस्य नबनाएकोमा उनको असन्तुष्टि थियो। उनी यसअघि एमाले त्यागेरै माओवादीमा गएका थिए।

फेरि अहिले पार्टी परिवर्तन गर्न लागेका झाले मूल पार्टी नेकपा एमाले नछानी हालै एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी रोजेका हुन्।उनी एमालेको छैटौँ महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा चुनिएका थिए। झा जनकपुरमा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा छनोट भएका थिए।

यस्तै एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनपछि एमाले पोलिटब्यूरो सदस्य भएका थिए। उनी पार्टी परिवर्तन गर्दै माओवादीमा प्रवेश गरेका थिए। २०६९ मा एमाले पार्टी परित्याग गर्दै माओवादीमा प्रवेश गरेका झा, बाबुराम भट्टराई निकट थिए। भट्टराईले माओवादीबाट अलग भई नयाँ शक्ति पार्टी बनाउँदा उनी उतै गए।

नयाँ शक्ति पार्टीले गएको स्थानीय निर्वाचनमा राम्रो प्रदर्शन गर्न नसकेपछि  उनी फेरी माओवादी केन्द्रमा नै फर्किएका थिए। पछिल्लो समय नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वमा एकीकृत समाजवादी स्थापना भएपछि उनी नेपाल नेतृत्वको पार्टी प्रवेश गर्न लागेका हुन्। उनी यही २७ कात्तिकमा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने बताइएको छ।

मधेसका प्रभावशाली नेता झा नेकपा समाजवादी पार्टीमा प्रवेश गरेसँगै पार्टी मधेसमा थप बलियो हुने आंकलन गरिएको छ। झाले मधेसमा राम्रो पकड भएका नेताका रुपमा राष्ट्रिय राजनीतिमा आफ्नो छवि बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय