काठमाडौं। कार्तिक २८ गतेबाट कोरोनाविरुद्धको फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ। अभियानमा १२ वर्षदेखि माथिका दीर्घ रोगका बिरामीहरू रहेका छन्। गाभीको कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको १ लाख ६२० डोज खोप कार्तिक ८ गते काठमाडौं आइपुगेको थियो।
लक्षित वर्ग
- लामो समयदेखि मुटुको बिरामी भई अपरेसन गरेका वा औषधी प्रयोग गरिरहेको व्यक्ति लामो समयदेखि मिर्गौलाको समस्या भई मिर्गौला फेरेका,
- डाईलाईसिस गराइरहेका, औषधी सेवन गरिरहेका बिरामी जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई अपरेसन गरेका तथा उपचारमा रहेका बिरामी लामो समयदेखि छातीको समस्या भई चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
अङ्ग प्रत्यारोपण गरेको व्यक्ति
- लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराई रहेको बिरामी
कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाको व्यक्ति - मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृति) लागेको बिरामी
कहाँ कहाँ छन् खोप केन्द्र?
खोप सञ्चालन गर्न छनौट गरिएका २४ अस्पतालहरू छन्। काठमाडौं उपत्यका भित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल छन्। यस्तै निजामती सेवा अस्पताल, सहिद गङ्गालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, धुलिखेल अस्पताल, धुलिखेल गरी काठमाडौं उपत्यकामा नौ वटा अस्पताल तोकिएको छ। मन्त्रालयका अनुसार प्रदेश १ का मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाइने छ।
प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ। यस्तै बागमती प्रदेशका चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थ्ति धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्।
गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बागलुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने छ। लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित रापती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने छ।
सुदूरपश्चिममा भने धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेलधुरा अस्पताल खोप लगाइने छ। कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।