काठमाडौं। छठ पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको कुपण्डोलस्थित बागमती किनारमा पुगी छठी माईको दर्शन गरेका छन्।
बुधबार अपरान्ह प्रधानमन्त्री देउवाले बागमती किनारमा पुगेर सार्वसाधारणका साथ छठी माईको दर्शन गरेका हुन्। सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिए। उनले छठ पर्व सबै नेपालीमा सुख शान्तिको कामना गरे।
त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भुसाल लगाएत पनि कुपण्डोलस्थित बागमती किनारमा पुगेर छठी माईको दर्शन गरेका थिए।