काठमाडौं। नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले बिहे गरेकी छन्। मलालाले मंगलबार इस्लामिक विधिअनुसार बिहे गरेकी हुन्।
मलालाले आफू विवाह बन्धनमा बाँधिएको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। उनले आफ्नो ट्विटर ह्याण्डलमार्फत आफ्नो बिहेको तस्वीरहरु सार्वजनिक गरेकी छन्।
बर्मिंघममा प्रेमी असर मल्लिकसँग मलालाले जोडी बाँधेकी हुन्। २४ वर्षको उमेरमा उनले धार्मिक परम्पराअनुसार निकाह गरेकी हुन्। उनले निकाहको दिनलाई जीवनकै महत्त्वपूर्ण दिन भनेकी छन्।
बालबालिको अधिकारका लागि विश्वमाझ चिनिएकी मलालालाई सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेको थियो। बालिका शिक्षाको बारेमा वकालतरत मलाला तालिबानको निसानामा नै रहेकी छन्।