धनगढी। कैलालीमा चक्कु प्रहार गरेर युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उक्त हत्या प्रकरणमा उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएको थियो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार पूर्व रिसिबीलाई लिएर दुई समूहबीच भएको झडपका क्रममा बडुवालको चक्कु प्रहारबाट हत्या भएको हो।