काठमडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७९ दशमलव ७९ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८५ मा ओर्लेको छ। तिहारको बिदापछि खुलेको बजार लगातार ओरालो लागेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ०२ अङ्कले घटेर ५१२ दशमलव ०२ मा ओर्लेको छ। नेप्से परिसूचक उच्च अङ्कले घटे पनि कारोबार रकम औसतमा रहेको छ। कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँमा खरिद बिक्री भए।

कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गएको छ। नेप्सेका अनुसार बैंकिङ ३५।९४, व्यापार ६४ दशमलव ६६, होटेल तथा पर्यटन ११७ दशमलव ६२, विकास बैंक २९७ दशमलव १५, जलविद्युत् १०१ दशमलव ८४, वित्त १४४ दशमलव ६७, निर्जीवन बीमा ४६४ दशमलव ४९, उत्पादन १८६ दशमलव ६, अन्य ८० दशमलव ७५, लघुवित्त १५७ दशमलव ३१, जीवन बीमा ३७९ दशमलव ८३, सामूहिक लगानी कोष ० दशमलव ३४ र लगानी २ दशमलव ५४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु २९ करोड ८२ लाख ८१ हजार ७५२ कारोबार भयो। साहस ऊर्जा २५ करोड ७९ लाख ५४ हजार ४१७ रुपैयाँ अपि पावर कम्पनी २२ करोड ३६ लाख ६४ हजार रुपैयाँ नेशनल हाइड्रोपावर २० करोड ९४ लाख ८७ हजार ४३१ रुपैयाँ र प्राइम बैंक २० करोड ८९ लाख ६६ हजार ७३७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनिलिभर नेपाल १ दशमलव ७३ र प्राइम बैंकका लगानीकर्ताले १ दशमलव ५७ प्रतिशतले कमाए ।

यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । मिथिला लघुवित्त ७ दशमलव ४२, गुडविल फाइनान्स ६ दशमलव ८५ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ दशमलव ८३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय