spot_img

spot_img

कप्तानीमा धोनीको सफलतालाई निरन्तरता दिन नसकेका कोहली

काठमाडौं। स्टार ब्याट्सम्यान विराट कोहलीको भारतीय टी-ट्वान्टी क्रिकेट टिमको कप्तानको रूपमा बिदाई सुखद् हुन सकेन। सोमबार टी-ट्वान्टी कप्तानको रूपमा ‘डेड रबर’ म्याचमा, जसको हार वा जितले प्रतियोगितामा कुनै अर्थ लाग्दैन, नामिबियाविरुद्ध भारतीय टिमलाई नेतृत्व गर्दै कोहलीले कप्तानी छाडे।

हुन त उनले यसअघि नै यो टी-ट्वान्टी विश्वकपपछि कप्तानीबाट संन्यासको घोषणा गरेका थिए। तर, त्यो बेला उनको कप्तानीको अन्तिम खेल यति निराशाजनक होला भनेर सायद कसैले सोचेको थिएन।

यूएईमा जारी खटी-ट्वान्टी विश्वकपमा भारत समूह चरणको अन्तिम खेल खेल्नु अगाडि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो। त्यसैले कमजोर प्रतिद्वन्द्वी नामिबियासँगको अन्तिम खेल जिते पनि न त भारतीय समर्थक वास्तविक रूपमा खुशी हुन सके, न त अन्तिम खेलमा कप्तानी गरिरहेका कोहली नै।

कोहलीले यो विश्वकप अघि मात्र सकिएको इण्डिइन प्रिमियर लिग (आईपीएल)मा पनि प्रतियोगिताको बीचमा नै जारी आईपीएल सकिएपछि रोयल च्यालेन्जर्स बेङ्लोरको कप्तानी छाड्ने घोषणा गरेका थिए। आईपीएलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको रेकर्ड बनाए पनि कोहलीले न त आईपीएलको उपाधि जितेका थिए, न त कप्तानको रूपमा बेङ्लोरलाई नै उपाधि दिलाउन सफल भएका छन्।

त्यसैले, कप्तानको रूपमा अन्तिम आईपीएलमा कोहलीले बेङ्लोरलाई उपाधि दिलाएर सुखद् रूपमा कप्तानी छाड्ने बेङ्लोरका समर्थकहरूको आशा थियो। तर आईपीएलमा बेङ्लोर चौथो मात्र भएपछि समर्थक निराश बनेका थिए।

ठीक यता विश्वकपअघि पनि कोहलीले कप्तानको रूप यो विश्वकप नै अन्तिम हुने बताएपछि भारतीय समर्थकहरूले कोहलीले अन्तिम विश्वकपमा उपाधि भारतलाई दिलाएर जाने ठूलो आशा राखेका थिए। तर, यो विश्वकपमा भारतको प्रदर्शन पनि बिर्सन लायक बन्यो।

उपाधिको प्रबल दाबेदार मानिएको भारत समूह चरणको शुरुआती दुई खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र न्यूजिल्याण्डसँग लगातार पराजित भएको थियो। यसैकारण भारतको नकआउट चरण प्रवेशको सम्भावना निकै कठिन बनिसकेको थियो।

त्यसपछि, भने लगातार तीन खेलमा कमजोर प्रतिद्वन्द्वी मानिएका अफगानिस्तान, स्कट्ल्याण्ड र नामिबियालाई पराजित गरे पनि भारतलाई सेमिफाइनल पुग्न पर्याप्त भएन। भारत आईसीसीको प्रतियागितामा कम्तीमा सेमिफाइनलसम्म पनि पुग्न नसकेको सन् २०१३ पछि यो पहिलो पटक हो।

अब केही दिनमा कोहलीले एकदिवसीय टिमको कप्तानी पनि गुमाउने समाचार आउन थालिसकेका छन्। त्यसैले खेलाडीका रूपमा भारतीय टिमबाट उनले टेष्ट, ओडीआई र टी-ट्वान्टी गरी तीनवटै फर्म्याटमा खेले पनि कप्तानी भने टेष्ट टिमको मात्र गर्नेछन्।

हालको खराब प्रदर्शनलाई सुधार्न भारतले इंग्ल्याण्डको जस्तै तीनवटै फर्म्याटका लागि प्रायः फरक फरक खेलाडीको तीन टिम बनाउने कसरत पनि गरिरहेको छ। जसकारण भारतको क्रिकेटमा चाँडै नै तीन फरक फर्म्याटमा तीन फरक कप्तान पनि आउन सक्नेछन्।

वर्तमान समयमा भारतीय क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानको रूपमा महेन्द्रसिंह धोनीलाई मान्ने गरिन्छ। त्यसपछि मोहम्मद अजहरूद्दिन र तेस्रो नम्बरमा मात्र सफल कप्तानमा कोहलीको नाम आउछ। धोनीले कप्तानको रूपमा ‘बाइल्याटरल सिरिज’ मात्र होइन आईसीसीको धेरै राष्ट्रको सहभागिता रहने सबैखाले प्रतियागिताको उपाधि पनि जितेका छन्।

धोनीले सन् २००७ मा टी-ट्वान्टी विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप, सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी र सन् २०१० र सन् २०१६ मा दुई पटक एशिया कपको उपाधि भारतलाई दिलाएका थिए।

पूर्वकप्तान धोनीले सन् २०१७ मा टी-ट्वान्टी टिमको कप्तानी छाडेपछि कोहलीले उक्त कार्यभार आफ्नो काँधमा लिएका थिए। धोनीले कप्तानको रूपमा हाँसिल गरेको उक्त सफलतालाई कोहलीले पनि निरन्तरता दिने सबैको आकलन थियो। तर कोहलीले त्यो गर्न सकेनन्।

व्यक्तिगत प्रदर्शनमा कोहलीको धेरै रेकर्ड बनेका छन्। अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा कोहली हालसम्मकै सर्वाधिक रन जोड्ने खेलाडी हुन्। उनले ५० भन्दा माथिको औसतमा ३ हजारभन्दा बढी रन जोडेका छन्। सन् २०१४ र २०१६ को टी-ट्वान्टी विश्वकपमा उनी लगातार उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

कोहलीको कप्तानको रूपमा क्रिकेटका तीनवटै फर्म्याट टेष्ट, ओडीआई र टी-ट्वान्टीको सिरिजमा जितको रेकर्ड पनि राम्रो छ। तर, उनी कप्तानीमा चुकेको भनेको आईसीसीको प्रतियागितामा हो।

कोहलीसँग कप्तानको रूपमा ‘बाइल्याटरल सिरिज’को उपाधि मात्र छ। उनले सिरिज त धैरे जिते, तर आईसीसीको बहुराष्ट्रिय प्रतियागिताको एउटा पनि उपाधि भारतलाई जिताउन सकेका छैनन्।

आइतबार मात्र भारतका पूर्वस्टार स्पिनिर हरभजन सिंहले विश्व टी-ट्वान्टी क्रिकेटको हालसम्मको आफ्नो ‘उत्कृष्ट ११’ टिमको घोषणा गरे। जसको कप्तानको रूपमा धोनी नै छन्। तर कोहलीको नाम उक्त टिममा खेलाडीको रूपमा पनि छैन। धोनीसँगै ओपनर रोहित शर्मा र तीव्र गतिका बलर जसप्रित बुमराह मात्र भारतीय खेलाडीको रूपमा यो टिममा परेका छन्। बाँकी अरू देशका खेलाडी छन्।

कोहलीको टी-ट्वान्टी टिमको कप्तानी त सकिइसक्यो, निकट भविष्यमा नै एकदिवसीय कप्तानी पनि जाँदैछ। अब टेष्ट टिमको कप्तानको रूपमा उनले भारतलाई दिन सक्ने आईसीसीको उपाधि भनेको एक मात्र प्रतियागिता विश्व टेष्ट च्याम्पियनसिप हो।

विराटले कप्तानको रूपमा कुनै ठूलो ट्रफी जित्न नसके पनि अहिलेको समयमा उनले भारतीय टिमलाई नयाँ उचाइमा भने पुर्‍याउन ठूलो भूमिका खेलेका छन्।

कोहलीले सन् २०१७ मा टी-ट्वान्टी टिमको कप्तान बनेपछिको पहिलो खेल नै हारेका थिए। जसको कारण टी-ट्वान्टी कप्तानीको डेब्यू म्याचमा खेल हार्ने उनी भारतको पहिलो कप्तान बनेका थिए।

तर, इङ्ल्याण्डसँगको त्यो तीन खेलको टी-ट्वान्टी सिरिजका बाँकी २ खेल भारतले जित्यो। कप्तान भएपछिको पहिलो खेल हारे पनि पहिलो सिरिज कोहलीले २-१ ले जिते।

टी-ट्वान्टी टिमलाई अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक कप्तानी गर्ने कप्तानको सूचीमा कोहली सातौं नम्बरमा आउँछन्। पहिलो नम्बरमा धोनी नै छन्। सन् २०१७ देखि हालसम्म कोहलीको कप्तानीमा भारतले ५० टी-ट्वान्टी म्याच खेलेको छ। कोहलीको कप्तानीमा खेलको ५० म्याचमा ३० खेल भारतले जितेको छ। कप्तानीको रूपमा कोहलीको जितको प्रतिशत करिब ६० छ, जसलाई समग्रमा राम्रो नै मानिन्छ।

कोहलीकै कप्तानीमा भारतले पहिलो पटक क्रिकेटका अन्य चार महारथी राष्ट्र दक्षिण अफ्रिका, इंग्ल्याण्ड, न्यूजिल्याण्ड र अष्ट्रेलियालाई टी-ट्वान्टी सिरिजमा उसैको घरेलु मैदानमा हराएको थियो। यसलाई कोहलीको कप्तानीको अर्को सफलता मान्न सकिन्छ।

भारतले दक्षिण अफ्रिका र इंग्ल्याण्ड दुवैलाई सन् २०१८ को सिरिजमा २-१ ले नै उनीहरूकै मैदानमा हराएको थियो। सन् २०२० मा कोहलीकै कप्तानीमा भारतले न्यूजिल्याण्डविरुद्ध टी-ट्वान्टी सिरिज ५-० ले क्लिन स्विप गरेको थियो।

कोहलीकै कप्तानीमा भारतले पहिलो पटक क्रिकेटका अन्य चार महारथी राष्ट्र दक्षिण अफ्रिका, इंग्ल्याण्ड, न्यूजिल्याण्ड र अष्ट्रेलियालाई टी-ट्वान्टी सिरिजमा उसैको घरेलु मैदानमा हराएको थियो। यसलाई कोहलीको कप्तानीको अर्को सफलता मान्न सकिन्छ।

त्यसैगरी, गत वर्ष अष्ट्रेलिया भ्रमणमा रहेको बेला भारतले ३ म्याचको सिरिज २-१ ले जितेको थियो। यो सिरिज नै कोहलीको टी-ट्वान्टी कप्तानीमा अन्तिम सिरिज पनि बन्यो। आईसीसीको टी-ट्वान्टी विश्वकपमा कोहलीको यो पहिलो कप्तानी थियो, जुन अन्तिम पनि बन्यो।

टी-ट्वान्टी टिमको कप्तानी छाड्नुका कारणबारे कोहली बताउँछन्, “गत ८-९ वर्षदेखि लगातार तीन वटै फर्म्याट खेलिरहेको छु। गत ५-६ वर्षदेखि लगातार सबै फर्म्याटमा कप्तानी पनि गरिरहेको छु। जसकारण ममा अत्यधिक कार्यभार भयो। त्यसैले, भारतीय टेष्ट टिम र ओडीआई टिमको नेतृत्व गर्न मैले आफैंलाई केही खुला स्थान दिनैपर्छ।”

कोहलीपछि भारतको टी-ट्वान्टी टिमको कप्तानको रूपमा पहिलो प्राथमिकतामा रोहित शर्मा छन्। घरेलु टी-ट्वान्टी क्रिकेटमा कप्तानको रूपमा निकै सफल मानिएका रोहितले मुम्बई इण्डियन्सलाई पाँच पटक आईपीएलको उपाधि दिलाइसकेका छन्। यसपछि, रिषभ पन्त र केएल राहुलको नाम पनि नयाँ कप्तानको दौडमा जोडिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत...

घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको – नेपाल पञ्चाङ्ग निर्णायक समिति

वीरगंज १७ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष...
spot_img
spot_img

सम्बन्धित समाचार

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर...

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज...

पर्सामा बाघले मान्छे खायो

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल...

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

वीरगंज ९ पुस । वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन ...

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा “नेपाल बिएफएसआई समिट २०२३”...

अपहरणमा परेका व्यक्तिको २४ घण्टा नबित्दै प्रहरी निरीक्षक मोहन विक्रम केसीको अगुवाईमा भारतबाट उद्धार ,

  वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।   कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह...