काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आज बस्न लागेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध र अमान्य भएको बताएका छन्।
रावलले सामाजिक सञ्जालमार्फत आज बस्ने भनिएको बैठक अवैध भएको तथा गुटबन्दीको नमूना भएको पनि बताए। उक्त बैठक १० बुँदे सहमतिविपरीत भएको भन्दै रावलले बैठकका निर्णयहरु अमान्य हुने पनि बताए।
रावलले लेखेका छन्, ‘‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।”
रावलले पार्टीले जारी गरेको अपानि १२ झापामा लागू हुने तर सुदूरपश्चिममा किन नहुने भन्दै प्रश्न गरेका छन्। उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेको एमालेको अपानिसमेत लागू नभएको हो कि भन्दै कटाक्ष पनि गरेका छन्।
रावल लेख्छन्, ‘‘अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?”
आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुटबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?
— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021