काठमाडौं। डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।

११ असोजदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए।

१७ कात्तिक बुधबार गरिएको लक्की ड्रमार्फत प्रभु टीभी जडान गर्ने काठमाडौंका ध्रुव कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई छानिएका हुन्। यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो।

विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझैपनि डिशहोम, प्रभु टीभी, सिम टीभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय