बीरगंज । पर्साको मधुबनीमा भव्य छठ पुजाको तयारी भएको छ । पकाहामैनपुर गाउँपालिका स्थित मधुबनीमा १५ वटा छठ घाट निर्माण गरिएको हो । तिहार सकिएसँगै मिथिला मधेश संगै देशका विभिन्न भागमा छठको तयारी शुरु भएको छ । मधुबनीमा छठघाट देखि गाउँसम्म बाटो समेतलाई आकर्षकरूपमा सजाइएको छ । छठको अवसरमा घाटको सर–सफाइ, सजावट तथा माटो सम्याउने लगायतका कामहरु सम्पन्न भएको भन्दै छठ घाटको सर–सफाई तथा सजावटको लागि गाउँलेहरुबाट चन्दा संकलन गरिएको पुजा समितिले जनाएको छ ।

आज सोमबारदेखि सुरु भएको छठ पर्व बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय