काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलि मंगलबारदेखि सबै मुद्दाको पेशी तोक्ने भएका छन्। जबराले मंगलबारदेखि बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाको पनि पेशी तोक्ने तयारी गरेका हुन्।
जबरानिकट स्रोतका अनुसार सोमबार बन्दीप्रत्यक्षीकरणका रिटहरुको मात्रै पेशी तोकिए पनि भोलिदेखि सबै मुद्दाहरुको पेशी तोकिनेछ। प्रधानन्यायाधीश आफू इजलासमा बस्न नपाउने र बन्दीप्रत्यक्षीकरणबाहेका मुद्दामा पेशी तोक्न नपाउने न्यायाधीशहरुको शर्त भने अझै रहेको छ।
आज पनि तोकिएका ६ इजलासमध्ये जबरा रहेको पूर्णबाहेकका इजलासमा मुद्दामाथि सुनुवाइ भएका थिए। सबै इजलासमा आज बन्दीप्रत्यक्षीकरणका मुद्दामात्रै पेशी रहेको थियो।
न्यायाधीशहरुसँगै नेपाल बार एशोसिएशनले जबराले राजीनामा दिनुपर्ने भन्दै शुरु गरेको आन्दोलन पनि अझै जारी नै रहेको छ। तर, जबरा भने राजीनामा नदिने, पेलेर जाने मुडमा देखिएका सर्वोच्च स्रोतले जनाएको छ।