spot_img

spot_img

चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहियो, किसान चिन्तित

झापा। दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन्। कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए।

जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए। “किसानले बीउका लागि भनेर राखेको आलु नै कुहिएपछि उनीहरूमा चिन्ता थपिनु स्वाभाविक हो”, उनले भने “ठुलो मारमा किसान पर्नुभयो । सरोकारवाला निकाय र बीमा कम्पनीसँग समन्वय गरेर तत्काल राहत दिलाउन पहल गरिरहेका छौँ ।” उनका अनुसार चिस्यान केन्द्रमा विभिन्न सहकारीमार्फत किसानले उत्पादन गरेका १० हजार ७६० बोरा आलुको बीउ भण्डार गरिएको थियो।

उनले भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताए। बीमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उनले जानकारी दिए।

रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा रु ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरूले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाब, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।

कमल गाउँपालिकाका किसान इन्द्र दाहालले आलु रोप्नका लागि माटो तयार गरेर बीउ आलुको बोरा घरमा ल्याएर खोल्दा ९० प्रतिशत कुहिएको फेला पारेको बताए। “घरमा कुहिन्छ भनेर पैसा तिरितिरी चिस्यान केन्द्रमा आलु राखेका थियौँ”, उनले भने “रोप्न भनेर केन्द्रबाट आलु घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइयो । अब के रोप्ने ?”

कमल गाउँपालिकाबाट आइपिएम कृषि सहकारी संस्थामार्फत १८० किसानको ८०० बोरा आलुको बीउ चिस्यान केन्द्रमा राखिएको थियो । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले पालिकालाई आलु पकेट क्षेत्रका रुपमा विकास गरेर किसानलाई आलुखेतीमा प्रोत्साहन गर्न लगानीसमेत गरेको छ ।

आलु रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसान आफैँले आवश्यकताअनुसारको बीउ कोल्डस्टोरमा भण्डारण गर्दै आएका थिए । बीउ आलु कुहिएका बारेमा कोल्डस्टोरले जानकारी नगराएको र घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइएको उनको भनाइ छ । चिन्तित मुद्रामा भेटिएका दाहालले संरक्षणका लागि कोल्डस्टोरमा पैसा तिरेर राखिएको हुँदा अब यसको क्षतिपूर्ति उनीहरूले भर्नुपर्ने माग गरे।

चिस्यान केन्द्रका प्रबन्ध निर्देशक अधिकारीले कमल गाउँपालिकाको आइपिएम कृषि सहकारी संस्था, गौरादहको महारानीझोडा साना किसान सहकारी, दमक नगरपालिकाको मानसरोवार कृषि सहकारी, मोरङको पथरी कृषि सहकारीमार्फत किसानको बीउ आलु भण्डारण गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९०...
spot_img
spot_img

सम्बन्धित समाचार

एकै दिन रौतहटमा चार युवतीले आत्महत्या गरे

रौतहट, ३० चैत । रौतहटमा एकैदिन चारजना युवतीले फरक–फरक स्थानमा फाँसी लगाएर आत्महत्या गरेका छन् । बिहीवार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई...

अवैध आर्थिक गतिविधि गर्नेलाई नछाड्ने– गृहमन्त्री

वीरगंज, २९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगंजमा आज...

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता...

जीतपुरसिमरा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

सिमराः आयोजकलाई स्तब्ध पार्दै विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा...

फौज खटाउने देशहरूमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा

काठमाडौं । शान्ति सेनामा नेपाली सेना खटिन शुरू भएको ६५ वर्षमा नेपालले विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८९० जना सैनिक पठाइसकेको...