वीरगञ्ज २१ कार्तिक । हिन्दुहरुको महान चाड छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारले साडी बितरण गर्नुभएको छ ।
सांसद रौनियारले पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ शिवबार्वा ,सेमरवारी ,बैरिया विर्ता लगायतको ठाउँमा पुगी छठ गर्ने एकल तथा बिपन्न बर्गका महिलाई सदि बितरण गर्नु भएको हो ।
साडी बितरण गर्ने क्रममा उहाले समाजमा एकल महिला प्रति वढ्दै गएको दुर्व्यवहार प्रति चिन्ता प्रकट गर्दै एकल महिलाको पनि समाजमा सामान अधिकार हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाले अगामि दिनमा पनि उपेक्षामा परेका महिलाको लागी बिशेष कार्यक्रम गर्ने बताउनुभयो । सो अवसरमा जसपा मधेश प्रदेश समिति सदस्य गौरीसंकर साह, पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदी, जसपा मधेश प्रदेश समिति सदस्य गौरीसंकर साह, युवा नेता अलकात आलम ,भारत गिरि ,खुर्षेद आलम, रामप्रसाद चौहान लगायत जसपा नेता कार्यकर्ताको उपस्तिथी रहेको थियो ।