सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिक वडा नं १२ स्थित एक घरमा आगलागी भएको छ। आगलागीमा परेर स्थानीय ठगेन्द्र बहादुर पाख्रिनको घर पूर्ण रुपमा जलेको छ।

आगालागीबाट पाख्रिनको ५० हजार नगद, अन्नपात, लत्ताकपडा सबै खरानी भएका स्थानीयले बताएका छन्। आगोले घरमा खाने अन्नसमेत सबै जलाएको छ।

जिल्लाको उत्तरी भेगमा पर्ने उक्त स्थानमा छिमेकीले आगो निभाउने प्रयास गरे पनि त्यो सम्भव नभएको स्थानीयले बताए। आगलागीमा परेर जल्दा घरधनी ठगेन्द्रका भाइ बुद्ध पनि घाइते भएका छन्।

यो पनि पढ्नुहोस्

लक्ष्मीपूजाको राति आगलागी, घरसँगै ट्याक्टर र २५ लाख जल्यो !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय