वीरगञ्ज २० कार्तिक । पर्सा प्रहरीले तीन महिनामा अदालतबाट सजाय पाएर फरार रहेका ४७ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी भदौमा २३ जनालाई पक्राउ गरेको छ । त्यस्तै असोजमा १९ र साउनमा ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट २६ बर्ष ६ दिन कैद र १ करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुलउपर भएको छ । गत आर्थिक वर्षमा प्रहरीले जिल्लाबाट ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट ९६ वर्ष ६ महिना २२ दिन कैद असुलउपर भएको थियो । त्यसैगरी, ७१ लख ८६ हजार रुपैयाँ जरिवाना असुलउपर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय