spot_img

spot_img

हराउन थाले मखमली फूलका माला

पाल्पा ।  ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्र्दभिक लाग्छ।

पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन्। ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ। कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइनाका साथै तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।

हिजोआज भने मखमली फूल लोप हँदै गएको छ। गाउँघरमा यो फूल पाउनै मुश्किल हुन थालेको छ। दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्ने मखमलीको माला नेपालीहरूका लागि तिहारको अभिन्न अङ्ग हो। अहिले यो फूल गाउँघरमा पाइनै छाडेको बताउँछन्, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम।

“मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई/चारवटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्वविशेष महत्व राखेका फूलको संरक्षण हुनसकेको छैन”, उनले भनिन्।

रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ५६ वर्षीय गिरीमाया कुमालले तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्छिन्। उनी भन्छिन्, “तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, घरको डिलमा दुई/तीन बोट छन्, जोगाएर राखेको छु, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज चामलमा बियाँ खोजेझैँ मात्र भेटिन्छ।”

रामपुर–३ कामीगाउँकी ६७ वर्षीया सन्तकुमारी विकको घरको आँगनीमा मखमली फूलका दुई बोट छन्। सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई लगाउने तयारी गरेकी छन्। “फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढे, तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”, उनले पनि मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिन्।

मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा ध्यान भने कसैको गएको पाइँदैन । अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।

नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर मानिन्छ। मखमली फूल नोपालीहरूका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो। सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ।

अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फुल्ने सयपत्री र गुरधौली फूल पनि देखिन छाडेका छन्। प्लाष्टिकको मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको हो। पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ। प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत...

घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको – नेपाल पञ्चाङ्ग निर्णायक समिति

वीरगंज १७ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष...
spot_img
spot_img

सम्बन्धित समाचार

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न व्यापारी र...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल परिसरमा शुक्रवार पनि...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत पारेर डा रामआवतर...

घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको – नेपाल पञ्चाङ्ग निर्णायक समिति

वीरगंज १७ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि...