वीरगंज १९ कार्तिक । पर्सा-प्रत्येक बर्ष झैँ यस बर्ष पनि पर्साको विन्दवासिनी गाउँपालिकाको टोल माधवलमा कुस्ती प्रतियोगिताको शुक्रबार उद्घाटन गरिएको छ । एक कार्यक्रमको बीच प्रदेश दुईका मुख्यमन्त्रि लालबाबु राउतले उद्घाटन गर्नुभएको छ । पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद हरिनारायण रौनियारको विशिष्ट अथितिय्तामा कुस्ती प्रतियोगीता उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य सिहासन साह कलवार , मन्जुर अन्सारी ,करिमा बेगम र वीरगंज महानगरकापालिका नगर प्रमुख विजय कुमार सरावगी सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल ,विन्दवासिनी अध्यक्ष श्रीलाल साह, ज.स.पा पर्सा अध्यक्ष रामनरेश यादव लगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।