बिरगञ्ज १९ कार्तिक । चाडबाडको मौका छोपी बिरगञ्जबाट काठमाडौं जाने यात्रुहरुलाई तोकेको रेट भन्दा बढी भाडा लिएको गुनासो र उजुरीको आधारमा टाटा सोमुलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्सामा समातेर ल्याई कार्वाही गरिएको छ ।
यात्रुहरु बिचल्लीमा रहेको र सवारी साधनहरु लुकाई गाडी नभएको भन्दै बढी भाडा लिई रहेको भन्ने यात्रुहरुले गुनासो गरेकोले उपभोक्ता हित संरक्षण मञ्च बिरगञ्ज नगर कमिटीले त्यसबारे स्थल निरीक्षण गर्न बिरगञ्जको बसपार्क पुगि यात्रुहरु बिचल्ली अवस्थामा रहेको र सधै जसो सेन्डिगेट भएको टाटा सोमुको काउन्टर त्यहा नभएको र यस बिषयमा सोमु काउन्टरमा सोद्धा चाडवाडमा काउन्टर नहुने जबाफ दिएका थिए ।
यस सम्बन्धमा बिरगञ्ज बसपार्क प्रहरी चौकीमा सम्पर्क गर्दा प्रहरी ईन्चार्ज प्रहरी नायब निरीक्षक श्याम किशोर यादवसंग भेट हुन सकेन र ट्राफिक प्रहरीहरुले बढी भाडा लिने टाटा सोमुलाई हामिले कार्वाही गर्ने गरेको बताए । यता यात्रुहरु भने प्रहरीलाई चक्मा दिएर गाडी बिग्रिएको भन्दै बसपार्कबाट भग्ने गरेको र बसपार्क भन्दा अगाडि ग्यारेजमा नै बढी भाडा दिनेलाई मिलाईदिने र रिजर्भ हो भन्न लगाउने र कसैलाई नभन्ने सर्तमा टिकटमा ५ सय ५० लेखी दिएको र पैसा लिदा १००० देखी १२०० सम्म लिएकोले यात्रुहरुले फोन गरि जानकारी गराएकोले कार्वाही गरिएको थियो । त्यस्तै बढी भाडा लिनेमा बिरगञ्ज देखी काठमाडौं जाने दक्षिणकालि ट्राभल्सको ना. १ ज ५३२६ नम्बरको टाटा सोमु रहेको र सो गाडिमा सवारहरु सङ्ग बुझ्दा बढी भाडा लिएको बिरगञ्ज वडा न. १३ निवासी महमद काजीले उपभोक्ता हित संरक्षण मंच बिरगञ्ज नगर अध्यक्ष अजित भुजेललाई बताएका थिए ।
टाटा सोमुका ड्राइभर रोशन बस्नेतले बढी भाडा लिएको स्वकारेका थिए र बढी भाडा लिएकाहरुको भाडा फिर्ता गराई लाईसेन्स र बुलुबुक लिई काठमाडौं पठाइएको थियो । ड्राइभर रोशन बस्नेतको भनाइ अनुसार काउन्टरबाट यात्रुहरुले बढी पैसा दिएर टिकट काटने गर्छ तर हामीहरुलाई कम रेटको दरले पैसा दिने गरेको पनि बताए ।
यसमा हाम्रो मात्र गल्ती नभएको पेसिन्जर (यात्रु) हरुको पनि दोस रहेको बताए ।
चाडबाडको बेला गाडीहरु कमहुने, भएको पनि लुकाईदिने, बढी भाडामा रिजब भनेर जाने गरेको र पेसिन्जरहरुसङ्ग सोधपुछ गर्दा ५ सय ५० नै लिएको भन्न लगाएको र प्रहरीलाई भने गाडी समातेर राख्छ र तपाईहरुलाई काठमाडौं जान गाह्रो हुने भएकोले सहि भाडा लिएको भनिदिनु होला भनेर भन्ने गर्दछ ।
यस सम्बन्धमा सम्बन्धित निकायहरुको ध्यान जानु अतिआवस्यक रहेको पिडित यात्रु लखन पटेल गुनासो पोखेका थिए ।