सर्लाही १९ कार्तिक । लक्ष्मीपूजा गर्न बालिएको दियोबाट ईश्वरपुर नगरपालिका–७, बयलवास बजारस्थित ब्रह्मबाबा चोकमा रहेको श्याम मैनालीको घरमा आगलागी भएको छ।

बिहीबार राति १ बजे काठ र टायलले छाएको दुई तले घर पूर्णरुपमा जलेको प्रहरीले जनाएकव छ। यस्तै‚ सोही घरको तल्लो तलामा कोठा भाडा लिई मिथिलेस महतोले सञ्चालन गरेको ट्रयाक्टर सोरुममा समेत क्षति पुगेको छ।

आगलागीमा सोरुमभित्र रहेको एउटा ट्याक्टर र सोरुमका अन्य पार्टपूर्जा पूर्णरुपमा जलेको छ। अर्को ट्याक्टरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरण अनुसार आगलागीबाट घर र ट्याक्टर सोरुममा गरी करिव ५५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। उनका अनुसार, स्थानीयवासी, प्रहरी र हरिवन तथा मलंगवा नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। यसैबीच, सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा बिहीबार राति विद्युत् सर्ट भएर एक घरमा आगलागी भएको छ। साँढे ९ बजे वडा नम्बर ३, भेल्हीका विनोद मुखियाको घरमा आगलागी भएको हो। आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ। नगद, अन्नपात, कपडा लगायतका सरसामग्री जल्दा एक लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय