काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा दिने बताएका छन्।

नेपाल संवत्को नयाँ वर्ष ११४२ को शुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले नयाँ वर्षले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास पनि व्यक्त गरेका छन्।

सन्देशमार्फत देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको मंगललमय शुभकामना व्यक्त गरेका छन्।

ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको देउवाले सन्देशमा उल्लेख गरेका छन्।

गरिवी उन्मूलनको अभियानका कारण साख्वाःलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको पनि देउवाले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय