जाजरकोट। जाजरकोटमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको निधन भएको छ। सात जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्।

बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा ठेगाना नखुलेको दिलबहादुर शाही र नाम नखुलेको एक जनाको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। उक्त मिनीट्रकमा दश जना सवार रहेका प्रहरीले जनाएको छ।

घाइते हुनेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन्।

घाइते धनबहादुर चालक भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेकाहरको अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय