काठमाडौं। च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन, पीएसजीले बराबरी खेल्दा लिभरपुलले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

पीएसजीले जर्मन क्लब आरबी लाइपजिगसँग २-२ गोलको बराबरी खेल्दा इंग्लिस क्लब लिभरपुलले स्पेनिस एट्लेटिकोमाथि रवाफिलो जित दर्ता गरेको हो।

गएराति लाइपजिगको घरेलु मैदानमा पीएसजीले बराबरी खेलको हो। पीएसजीका लागि जर्जिनियोले २ गोल गर्दा लाइपजिगका लागि क्रिस्टोफर कुन्कु र डोकिनिकले गोल गरे।

यता, लिभरपुलले घरेलु मैदानमा एट्लेटिकोलाई २-० गोल अन्तरले पराजित गर्यो। एनफिल्डमा लिभरपुलका लागि जोटा र सकडियो मानेले एक एक गोल गरे ।

एट्लेटिको खेलको ३६ औँ मिनेटमै १० खेलाडीमा सीमित भएको थियो। उसका फिलिपेले रातो कार्ड खाँदै मैदान छाडेका थिए।

घरेलु मैदानमा जितसहित लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । उसले सतप्रतिशत जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय