काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न चेतावनी दिएका छन्। ‘गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह पनि गरे।
‘‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिद्ध्याउने कुरा गरेछन्,’ ओलीले भने, ‘भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, बिचरा, एमाले सिद्ध्याउने भ्याकुम क्लिनर रे, सिङ्गै काग्रेस कहाँ गयो? भ्याकुम क्लिनर रे एमाले सिद्ध्याउने सपना तिनीहरूका, म त्यसमा अरू केही भन्न चाहन्नँ।’
सिङ्गै कांग्रेसले पनि एमालेसँग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताए। त्यस्तै उनले प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भन्दै गरेको टिप्पणीको जवाफ दिँदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि नै आफूले गणतन्त्रको अभियान चलाएको तर्क गरे। उनले मुलुकमा विकासको काममा असाधारण काम गरे पनि सरकारबाट हटाइएको बताए। कार्यक्रमपछि एमाले अध्यक्ष ओलीलगाएतका एमाले नेताहरूले भक्तपुरको थिमिस्थित नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए।