spot_img

spot_img

भोलि नेपाल संवत् ११४२ र म्ह पूजा

काठमाडौँ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ शुक्रबार (भोलि) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मनाउने गरिन्छ। गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाडौँमा अझै छ।

म्ह: पूजा

शुक्रबार नेवार समुदायमा म्ह: पूजा समेत गर्छन्। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म पूजा पर्व मनाउने गर्दछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत...

घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको – नेपाल पञ्चाङ्ग निर्णायक समिति

वीरगंज १७ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष...
spot_img
spot_img

सम्बन्धित समाचार

राष्ट्रि्य युवा संघ नेपाल का धोबिनी गाउँपालिका अध्यक्ष मिरोज समानीले पार्टी परित्याग गरेका छन्

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् । अध्यक्ष...

नेपाल रेडक्रस सोसाइटी को उपशाखा महुवन पर्सा को बर्षीक सधारन सभा अध्यक्ष – यादव दव्रा उधघाटन सम्पन्न 

नवल यादव । २१ पुस बिरगंज ।   नेपाल रेडक्रस सोसाइटी उप शाखा महूवन पर्सा को बार्षिक साधारण सभा को सभापति जदु साह तेली को अध्यक्षता...

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन

समाजबादी विद्यार्थी युनियन नेपाल , पर्सा जिल्ला कार्य समिति पुनर गठन भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य फिरोज मन्सुर,बिष्टि अतिथि राजनीतिक...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ । मञ्चका नारायणी संयोजक...

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

वीरगंज, १३ मंसिर । सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ । बुधवार बिहान ८ः३०...

बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ...