spot_img

spot_img

कैलालीमा हुलाकी सडक स्तरोन्नति सुस्त, मात्र १५ प्रतिशत सकियो काम

धनगढी। कैलालीमा हुलाकी सडक स्तरोन्नति कार्य निर्माण अवधिको आधा समयसम्म करिब १५ प्रतिशतमात्रै काम पूरा भएको छ। दुई अर्ब रुपैयाँ लागतमा भइरहेको हुलाकी सडक स्तरोन्नति कार्य निकै सुस्त गतिमा भइरहेको छ।

कैलालीमा ३० महीनाको अवधिमा निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता भएकोमा १४ महीना बितिसक्दा जम्म १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। कैलालीको धनगढी–भजनी–सत्ति र लम्की–टीकापुर–खक्रौला हुलाकी सडक चौडा बनाउनेसहित स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको छ। तर ती सडकमा अहिलेसम्म माटो भर्ने कामसमेत सकिएको छैन।

धनगढी–भजनी–सत्तिमा हुलाकी सडकमा माटो फिलिङको काम ८० प्रतिशत सकिएको छ भने लम्की–टीकापुर–खक्रौला सडकमा ६० प्रतिशत माटो फिलिङ सकिएको हुलाकी सडक आयोजनाले जनाएको छ।

आयोजनाले यही गतिमा काम भएमा बाँकी १६ महीनाको अवधिमा निर्माण कार्य पूरा हुन कठिन हुने आयोजनाका इञ्जिनियर पदम बहादुर मडैले बताए। उनका अनुसार हालसम्म धनगढी–भजनी–सत्ति सडक खण्डमा समग्र भौतिक प्रगति १५ प्रतिशत भएको छ भने लम्की–टीकापुर–खक्रौला खण्डमा १० प्रतिशत मात्रै समग्र प्रगति भएको छ।

“अहिलेसम्म सबै ठेक्का सम्झौताहरूको ४० प्रतिशतको हाराहारीमा प्रगति भएको हुनु पर्दथ्यो, तर त्यसो हुनसकेको छैन”, आयोजनाका इञ्जिनियर मडैले भने, “नयाँ ठेक्कामा कोरोना महामारीका कारण डिस्टर्ब भयो। गत वर्ष साउन १ गतेबाट गर्ने गरी सम्झौता भए पनि पानीले गर्दा साउन र भदौमा काम भएन। बल्ल गत वर्ष असोजदेखि मात्रै काम शुरु भयो।”

लम्की–टीकापुर–खक्रौला सडकको लम्की क्षेत्रमा साढे दुई किलोमिटरको चार लेन सडक स्टक्चरको काम सकिन थालेको छ। आयोजनाले फागुन–चैतमा त्यहाँ पिचको काम भइसक्ने जनाएको छ। लम्कीदेखि आठ किलोमिटर सडकमा माटो फिलिङ ८० प्रतिशत सकिएको जनाउँदै असारसम्म पिच सक्याउने गरी काम भइरहेको आयोजनाका इञ्जिनियर मडैले बताए।

बाँकी सडक भने समयमा नसकिने आयोजनाले जनाएको छ। आठदेखि १९ किलोमिटरको दोस्रो प्याकेजअन्तर्गत सडकमा २० प्रतिशत माटो फिलिङ र दुई किलोमिटर नाली बनेको छ। पर्खाल बनाउने काम सकिएको छ भने एउटा कल्भर्ट बनाउन बाकी छ। १९ देखि २९.७ मिलोमिटरसम्मको तेस्रो प्याकेजमा माटो फिलिङ र स्ट्रक्चर निर्माणको काम ४०/४० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

धनगढी–भजनी–सत्ति सडकमा क्याम्पस चोकदेखि सात किलोमिटर पहिलो प्याकेजमा तीन किलोमिटरमा मात्रै नाली बनेको छ भने एक किलोमिटर पर्खाल बनेको छ। आयोजनाका अनुसार हालसम्म माटो फिलिङ ८० प्रतिशत काम पूरा भएको छ भने स्ट्रक्चरको काम ७० प्रतिशत सकिएको छ।

त्यो प्याकेजमा समग्र प्रगति ३० प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ। यद्यपि उक्त प्याकेजअन्तर्गत साढे तीन किलोमिटर चार लेन सडक बनाउने काम समयमै सकिने इञ्जिनियर मडैले दाबी गरे।

सातदेखि १९ किलोमिटरसम्मको दोस्रो प्याकेजमा समग्र प्रगति ३५ प्रतिशत, माटो फिलिङ र स्ट्रक्चरको काम ४०/४० प्रतिशत भएको छ। १९ देखि ३५ किलोमिटरसम्म तेस्रो प्याकेजमा समग्र प्रगति १५, माटो फिलिङ ५० र स्ट्रक्चर २५ प्रतिशत सकिएको छ।

त्यस्तै, कान्द्रादेखि लत्तिसम्मको १० किलोमिटरको पाँचौं प्याकेजमा सम्रग प्रगति ३०, माटो फिलिङ ५० र स्ट्रक्चरको काम २५ प्रतिशत सकिएको छ। चौथो प्याकेजअन्तर्गत रहेको कटैनीदेखि कान्द्रासम्मको १८ किलोमिटरको पुरानो ठेक्कमा १५ प्रतिशत समग्र प्रगति भएको छ। बसन्ता करिडोरभित्र परेको दुई किलोमिटरमा पहिलो चरणकै निर्माण सकिएको छैन।

धनगढी–भजनी–सत्तिको धनगढीमा साढे तीन किलोमिटर र लम्की–टीकापुर–खक्रौलाको लम्की क्षेत्रमा साढे दुई किलोमिटर र टीकापुरमा तीन किलोमिटर सडकलाई चार लेनको बनाइँदैछ।

धनगढी र लम्कीको चार लेनको काम समयमा सकिने गरी बढे पनि टीकापुरको चार लेन सकडको काम सुस्त गतिमा भइरहेको छ। टीकापुरको चारलेनको समग्र प्रगति १० प्रतिशत मात्रै भएको इञ्जिनियर मडैले बताए।

धनगढी–भजनी–सत्ति सडकको पहिलो तीन वटा प्याकेजमा स्वछन्द र जोशी जेभीले एक अर्बको लागत सम्झौता गरी काम गरिरहेको छ भने चौठो र पाँचौं प्याकेजमा कालिका र जोशी जेभीले ३२ करोड ७२ लाख लागत सम्झौतामा काम गरिरहेको छ।

लम्की–टीकापुर–खक्रौला सडकको पहिलो खण्ड लम्की क्षेत्रमा कालिका कुमार जेभी, दोस्रो खण्ड टीकापुरमा खड्का कृष्ण जेभी र तेस्रो खण्डमा खक्रौला क्षेत्रमा रायमाझी जेभीले ७० करोड २८ लाख लागत सम्झौतामा काम गरिरहेका छन्।

६० किलोमिटरको धनगढी–भजनी–सत्ति र २ दशमलव सात किलोमिटरको लम्की–टीकापुर–खक्रौला सडक यसअघि ओटासिल प्रविधिबाट निर्माण गरिएको थियो। निर्माण सम्पन्न भएकै वर्षदेखि भत्किन थालेपछि अब अलकत्रा प्रविधिबाट निर्माण गरिन लागिएको इञ्जिनियर मडैले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...