spot_img

spot_img

निकासी हुने तेल ५० प्रतिशतले गिरावट, वीरगञ्ज भन्सारमा २ सय भन्दा बढी गाडी होल्ड

वीरगञ्ज, १७ कार्तिक । ४ दिनको अवधिमा खानेतेलको कच्चा पदार्थ लिएर आएका २ सय भन्दा बढी गाडीहरु वीरगञ्ज भन्सारको एकीकृत भन्सार चौकी(आइसीपी)मा थुप्रिएका छन् ।

४ दिनमा यार्डभित्रै २ सय १ वटा कच्चा तेल बोकेको टयांकर होल्ड भएको आइसीपी सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति वीरगञ्जका कर्मचारी प्रभास झाले बताए । तेस्रो मुलुकबाट आउने ती कच्चा पदार्थ पानीजहाजमार्फत ती दुई बन्दरगाहमा आउने र त्यसपछि ट्यांकरमार्फत नेपाल ल्याउने गरिन्छ । तथ्यांकका अनुसार सोमबार मात्रै १ सय २८ ट्यांकर कच्चा पदार्थ लिएर आइसीपी भित्रिएका छन् भने ७३ वटा चार दिनदेखि होल्ड भएका छन् ।

सोयाविन, पाम र सनफ्लावर तेलको क्रुड आयल (कच्चा पदार्थ) कोलकाता र हल्दियाबाट ल्याएको ट्यांकर चालकले बताए । भारत सरकारले पाम, भटमास र सूर्यमुखी तेलको कच्चा तेलको भन्सार दुई तहले घटाएपछि नेपालमा आयात भएका कच्चा पदार्थ होल्ड हुन थालेको हो । भारतमा भन्दा खानेतेलको भन्सार नेपालमा सस्तो हुँदा तेस्रो मुलुकबाट ल्याएर सामान्य प्रशोधन गरेर भारत निकासी भइरहेको थियो । भारतले भन्सार दर नेपालको जस्तै बनाएपछि नेपालबाट निकासी प्रभावित बन्न थालिसकेको छ । अहिले पहिला डिल भएका तेल मात्रै भारत निकासी भइरहेको छ । एक उद्योगीका अनुसार कतिपयले बाटोमै कच्चा पदार्थ होल्ड गर्न थालेका छन् । गत असोज २० गतेदेखि कच्चा पदार्थ बोकेको ट्यांकरमा कमी आएको छ । त्यस्तै भारत निकासी समेत घटेको भन्सारको तथ्यांकमा देखिन्छ । असोज पहिलो सातासम्म दैनिक सयभन्दा बढी ट्यांकर तेल भारत निकासी हुन्थ्यो भने अहिले दैनिक ६० टयांकर मात्र निकासी भइरहेको नेपाल इन्टर मोडेल यातयात विकास समितिका अधिकृत तर्कराज जोशीले बताए । उनका अनुसार दैनिक निकासी हुने परिमाणमा करिब ५० प्रतिशतले गिरावट आएको छ । पछिल्लो तीन वर्षको अवधिमा नेपालमा उत्पादन हुने मध्ये ८० प्रतिशत प्रशोधित पाम, सोयाबिन र सनफ्लावरको तेल भारत निकासी हुन्थ्यो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोध गुप्ताका अनुसार नेपालबाट भारत निकासी गर्ने २१ वटा तेल उद्योगको २० अर्बभन्दा बढीको कच्चा पदार्थ खेर जाने अवस्था आएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका गुप्ताका अनुसार हरेक उद्योगले करिब उद्योगले ७५ लाखदेखि डेढ अर्बसम्मको कच्चा तेल राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत...

घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको – नेपाल पञ्चाङ्ग निर्णायक समिति

वीरगंज १७ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष...
spot_img
spot_img

सम्बन्धित समाचार

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न व्यापारी र...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल परिसरमा शुक्रवार पनि...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट...

मानव सेवा आश्रमको भवन शिलान्यास

वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास भएको छ । दशैंको शुभसाइत पारेर डा रामआवतर...

घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको – नेपाल पञ्चाङ्ग निर्णायक समिति

वीरगंज १७ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि...