
भारत विहार पश्चिम चम्पारण जिल्ला वेतिया थाना ईनर्वा ग्राम भटकौल सक्रौल वडा नं.९ बस्ने वर्ष ६५ को अरूण कुमार चौरसियाको नाममा दर्ता रहेका बि.आर.२२ ए.ती ९३२६ नम्बरका रोयल इन्फइलदे मोटरसाइकल मिति २०७८।०७।१२ गते ०१.ं३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बाबा होटलको प्यासेज भित्र पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको थियो जानकारी प्राप्त हुनासाथ गरिएको सूचना परिचालन तथा प्रहरी कारबाईको सिलसिलामा मिति २०७८।०७।१६ गते १६.ं०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भानु चोकबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा.८२ प ६४६० नम्बरको नम्बर प्लेट लगाई चलाइरहेको अवस्थामा मोटरसाइकल फेला पारी बरामद गरी चोरीमा संलग्न जिल्ला पर्सा वी.म.न.पा.वडा नं.१५ बस्ने २२ वर्षको कैलास महत्तो ,जिल्ला.बारा कलैया उ.म.न.पा.वडा नं.४ बस्ने २२ वर्षको बिनयराज शर्मा ,जिल्ला.बारा फेटा गा.पा.वडा नं.३ बसे २० वर्षको रविन कुमार साहलार्ई नियन्त्रणमा लिए छ।