spot_img

spot_img

इथियोपियामा संकटकाल, शहरको सुरक्षामा उत्रिन नागरिकलाई सरकारको आग्रह

एजेन्सी। इथियोपियाको मन्त्रिपरिषद्ले देशभर लागू हुने गरी संकटकालको घोषणा गरेको छ। अदिस आबाबको अधिकारीहरुले तत्काल प्रभावकारी हुने गरी संकटकालको घोषणा गर्दै नागरिकलाई देशको सुरक्षाका लागि तयारी अवस्थामा बस्न आग्रह गरेको छ।

देशको उत्तरी क्षेत्र टिइग्रेबाट विद्रोही समूह देशको केन्द्रभागतर्फ अघि बढ्ने चेतावनी दिए लगत्तै त्यहाँको सरकारले संकटकालको घोषणा गरेको हो।

‘राष्ट्रिय संकटकाल नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लागू गरिएको हो’, त्यहाँको सरकार सम्बद्ध सञ्चारमाध्यमले भनेको छ, ‘देशको विभिन्न भागमा विद्रोही समूहले आक्रमण गर्न थालेपछि सुरक्षाका लागि यस्तो कदम अपनाइएको हो।’

इथियोपियाको विद्रोही समूह टाइग्रे जनमुक्ति मोर्चा त्यहाँको संघीय सरकारको विरोधमा गत वर्षदेखि उत्रिएको हो।

६ महीनाका लागि घोषणा गरिएको राष्ट्रिय संकटकालका अवसरमा सेनाको कामलाई प्रभावकारी बनाउन ‘कर्फ्यू’ लगाउनेदेखि बाटोघाटो बन्द गर्नेसम्मको कदम चाल्न सकिने बताइएको छ।

यस्तै आतंकवादी समूहसँग सम्बन्ध रहेका कोही पनि व्यक्तिलाई अदालतको आज्ञाबिना नियन्त्रणमा लिनसकिने छ। भने, सेनामा सहभागी हुन उमेर पुगेका नागरिकलाई सैन्य सेवामा आवद्ध बनाउन पनि सरकारले सक्ने सुविधा संकटकालको समयमा प्राप्त गर्नेछ।

‘हाम्रो देशले आफ्नो अस्तित्व, सार्वभौमिकता र एकतामाथि नै खतरा उत्पन्न हुने प्रकारको खतरराको सामना गरिरहेको छ। यो अवस्थालाई हामी अन्य समान्य समयमा अपनाइने कानून र नियमको पालना गर्दै सम्बोधन गर्न सक्दैनौँ’, त्यहाँका न्यायमन्त्रीले राज्य नियन्त्रित सञ्चार माध्यमसँगको कुराकानीका क्रममा बताएका छन्।

उनले सरकारी कदमको अवज्ञा गर्ने कुनै पनि व्यक्तिलाई ३ देखि १० वर्षसम्मको सजाय हुनसक्ने बताए। यस्तै विद्रोही समूहलाई कुनै पनि प्रकारको आर्थिक अथवा मानसिक सहयोग गर्ने व्यक्तिलाई पनि सरकारले सोही अवधिको सजाय तोक्न सक्ने न्यायमन्त्रीले बताएका छन्।

विद्रोही समूह टाइग्रेले हालैका दिनमा इथियोपियाको रणनीतिक स्थान अम्हारा, डेसी र कम्बोल्चा शहर कब्जा गरेको बताएसँगै सरकारले यस्तो कडा कदम चालेको सरकारी अधिकारीको जिकिर छ। विद्रोही समूहले केही दिनमा अर्को शहर आदिस अबाब पनि आफ्नो नियन्त्रणमा आउने दाबी गरेसँगै इथियोपिया सरकार थप सचेत भएको हो।

सेनाले राजधानीबाट ४ सय कोलोमिटर मात्रै टाढा रहेको दुई महत्वपूर्ण शहरलाई आफ्नो नियन्त्रणमा राख्न विद्रोही समूहसँग युद्ध गरिरहेको समेत सरकारले जनाएको छ।

इथियोपियाका उत्तरी क्षेत्र केन्द्रीय सरकारको सम्पर्कबाट टाढा रहेको छ। उक्त स्थानमा पत्रकारलाई समेत प्रवेश गर्न दिएको छैन। त्यसकारण पनि सरकारलाई त्यहाँको यर्थाथ वस्तुस्थितिका विषयमा ठोस जानकारी नभएको बताइन्छ।

इथियोपियाका सरकारी अधिकारीहरुले अदिस आबाबाका बासिन्दाहरुलाई आफूसँग भएको हतियार दर्ता गर्न र शहरको सुरक्षाका लागि तयारी अवस्थामा बस्न समेत आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

नारायणी अस्पतालमा सस्तो मूल्यमा एमआरआई सेवा शुरू

वीरगंज, १५ कात्तिक । वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन जडान गरिएको करिब ६ महिनापछि सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड...

वीरगंज पब्लिक कलेजको भवनबाट छात्रले हाम फाले

वीरगंज, १५ कात्तिक । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् । कलेजको कक्षा १२ मा...

सर्राफ हत्या प्रकरणः दशजना पक्राउ, बजार बन्द, अन्त्येष्टि गरियो

बारा १४ कात्तिकः गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा...

रुपेश हत्या प्रकरणः ६ जना पक्राउ

वीरगंज, १४ कात्तिक । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको...

कान्छी पत्नीलाई छुरा प्रहार गर्ने पति–पत्नी पक्राउ, सासु, ससुरा फरार

वीरगंज, १३ कात्तिक । कान्छी श्रीमतीलाई छुरा प्रहार गर्ने पति र उनको जेठी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । फूलपाती दिन कात्तिक ४ गते राती...

पर्साको टिहुकी, भेडिअर्वा नाकाबाट खुलेयाम तस्करी, असुलीमा इन्स्पेक्टर र असई

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्नेमा नेपाल–भारत सिमानाकासंग जोडिएको टिहुकी हुँदै खुलेयाम तस्करी भईरहेको पाईएको छ । खुल्ला सीमानाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको...