वीरगंज । वीरगंज कपडा बैंक द्वारा वीरगंज को घण्टाघरमा निशुल्क कपडा वितरण गरिएको छ । नेपालीहरुको महान चाडपर्व दिपावली एवम छठ को अवसरमा नया तथा पुरानो कपडा बितरण गरिएको छ ।
वीरगंज कपडा बैंकका संरक्षक सुरेन्द्र कुर्मीको संरक्षकत्वमा भएको सो कपडा बितरण कार्यक्रममा नया साडी २५ थान , नया भेस्ट पाइन्ट ५० थान तथा पुरानो कपडाहरु ७०० थान गरि जम्मा ७७५ थान नया पुरानो कपडा बितरण गरिएको कपडा बैन्कका अध्यक्ष बृजेश्वार प्रसाद चौधरी ले बताउनु भयो । पुरानो कपडाहरु लगाउन सकिने नया जस्तै कपडाहरु लाई हामी घर घरमै पुगि ल्याइएको र कोहि कोहि ले हाम्रो अफिस मै आइ सहयोग गर्ने गरेको बताउनुका साथै सम्पुर्ण दाताहरुलाइ धन्यवाद पनि दिनु भयो ।
सामाजिक अभियन्ता प्रकाश थारु भन्नुहुन्छ कि दुई बर्ष पहिले ” आफू सङ्ग बढी भएको कपडा हामी लाई दिएर जानुस र नभएको ले हामी सङ्ग निशुल्क लियेर जानुस ” भन्ने मुल नाराका साथ कपडा संकलन र बितरण गर्दै आएको मा सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा बिरगंज कपडा बैकका पदाधिकारी रम्भा मिश्रा, मोनिका सिंह ,शुषमा तिवारी दिवेदी,मनोज मिश्रा,लालबाबु सिंह , ओमप्रकाश सराफ,हरेन्द्र पटेल, अनिशकान्त कुशवाहा,निलम राम , सुरेन्द्र यादव,ज्योती गुप्ता लगायतको सहभागिता रहेको थियो ।