spot_img

spot_img

प्रदेश २ : प्रदेश प्रमुखबाट प्रमाणीकरण भयो पदकसम्बन्धी विधेयक

जनकपुर। प्रदेश २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण भएको छ। प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले निर्माण गरिएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार प्रमाणीकरण गरेका हुन्।

यसअघि, २६ असोज २०७७ मा पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’समक्ष प्रस्तुत गरिँदा उनले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए। झाले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिएका थिए।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले त्यतिबेला फिर्ता भएको सो विधेयक अहिले जस्ताको तस्तै प्रमाणीकरण भएको जानकारी दिए। उनले भने, “पहिला जुन विधेयक पारित भएको थियो, त्यही विधेयक हुबहु पारित भयो। यसमा कुनै कुरा थपघट वा परिमार्जन गरिएको छैन।”

प्रदेश प्रमुखले प्रमाणीकरण गरेको उक्त विधेयकअनुसार विभिन्न १५ विधामा पदक प्रदान गर्ने व्यवस्था गरिएको छ। प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेधावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण र प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ।

यस्तै, प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक र सामाजिक अभियन्ता पदकको समेत व्यवस्था गरिएको छ।

आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा बढाएका व्यक्तिलाई प्रदेश रत्न पदक दिइनेछ। अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई मुख्यमन्त्री प्रज्वल तारा पदक, प्रदेशको पहिचान, उत्थानको लागि योगदान पु¥याउने व्यक्तिलाई रमेश महतो पदक दइनेछ।

जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई प्रदेश जनसेवा पदक दिइनेछ। समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक विषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई प्रदेश समाज सेवा श्री पदक दिइनेछ।

कला, भाषा, साहित्य, सङ्गीत, शिक्षा, खेलकुद विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई प्रदेश मेधावी पदक, प्रदेशभित्रका विश्वविद्यालयबाट विद्यावारिधी गरी प्रदेशमा बसोबास गर्ने व्यक्तिलाई प्रदेश विद्याभूषण, इमान्दारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय काम गर्ने प्रदेश सरकारमातहतका मन्त्रालय, कार्यालय तथा कर्मचारीलाई प्रदेश सेवा उत्कृष्ट पदक तथा शैक्षिक क्षेत्रमा सर्वाेत्कृष्ट योगदान पु¥याएका विद्यालय, प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारीलाई प्रदेश शैक्षिक उत्कृष्ट पदक दिइनेछ।

प्रदेश सरकारले मनोनित गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई प्रदेश गौरव पदक, संघीयता स्थापनाका लागि जीवन आहुति दिनेलाई प्रदेश विभूति पदक तथा विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदेश सुरवीर पदक प्रदान गरिनेछ।

त्यसैगरी, कृषि क्षेत्रमा र अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई प्रदेश किसान रत्न पदक, प्रदेशभित्रको पर्यटन क्षेत्रका विषयमा विभिन्न योगदान, उल्लेखनीय योगदान गरेको व्यक्तिलाई पर्यटन शिखर पदक र सामाजिक सद्भाव छुवाछूत तथा सामाजिक विभेद अभियन्ता, सांस्कृतिक पहिचानका उल्लेख्य योगदान गरेका व्यक्तिलाई सामाजिक अभियन्ता पदक दिइनेछ।

पदकसहित नगद पुरस्कारसमेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशि तथा नगद पुरस्कारसम्बन्धी अन्य व्यवस्थापछि तोकिने विधेयकमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय,...
spot_img
spot_img

सम्बन्धित समाचार

५ किलो अफिमसहित एकजना पक्राउ, सामानसहित ट्रक नियन्त्रण

वीरगंज, १ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले ५ किलो अफिमसहित एकजनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट...

बालविवाहमा रोक्न छोरीलाई शिक्षा दिनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० माघ । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण...

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ...

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका...

सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

महोत्तरी, २८ माघः/रासस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको...

७५० लिटर घरेलु मदिरा नष्ट

वीरगंज, २७ माघ/ बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी...