जाजरकोट। जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा गएराति २ बजे दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा नलगाड नगरपालिका-५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री रहेका छन्।

त्यस्तै, नलगाड नगरपालिका-८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन्। उनी सहचालक हुन्।

घाइतेको अवस्था गम्भीर रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए। ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय