तराचन्द पंडित
भिस्वा,१६ र्कािर्तक ।
छिपहर माई गाउँपालिका ०५ स्थित सिक्टा भिस्वा नाकामा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी
उपनिक्षकहरुका टोली पुगेको थियो। जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल,जनपद प्रहरीका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे,शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का र अनुसंधान का प्रहरी उपरिक्षक टिका पोखरेल लगाएतका
टोली छिपहर माई गाउपालिका ०५ स्थित सिकता भिस्वा नाकाको दशगजामा पुगेको थियो। एकासी ढुलो हाकिमहरुको
टोली नाकामा रहेको दशगजामा पुगेपछी स्थानिय लगायत पत्रकारहरुको भिड जम्मा भएको थियो यसरी पत्रकार र स्थानियले अचानक आएको कारण प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे संग सोधपुछ गर्दा आउनुको खासै कारण चाही नबाताई सधारण घुम घाम गर्न आएको भनी कुरा टार्नु भएको थियो भने पत्रकारहरुलाई फोटोग्रार्फी र भिडयो गर्न समेत रोक लगाउनु भएको थियो सोही समयमा रहेको प्रतिक दैनिकका पत्रकार सुग्रीम साहले गरेको भिडयो समेत डिलेट गर्नु भएको थिए । यसरी पत्रकारहरु बाट राखेको दुरी र पत्रकारिता गर्न रोक लगाए पछी । स्थानिय र पत्रकारहरु को मन धेरै प्रश्न उठेको छ। आखीर किन प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे पत्रकारहरु बाट दुरी राखनुभयो । किन पत्रकारितामा रोक लगाउनुभयो कारण चाहि के हो भने विषयलाई लिएर प्रतिक दैनिकका पत्रकार सुग्रीम साह कानु, नेपाल न्यूज एक्सपेस दैनिकका ताराचन्द र भारतीय टेलिभीजन ऐ.वि.न्यूजका पत्रकार रामबाबुले गुनासो गरेका छन् ।