spot_img

spot_img

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारबाटै कर्मचारीको मिलोमतोमा प्रतिबन्धित अवैध छालाको निकासी

वीरगञ्ज १६ कार्तिक । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारबाटै कर्मचारीको मिलोमतोमा छालाको अवैध निकासी हुने गरेको खुलासा भएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेको एक उद्योगले गलत विवरण उल्लेख गरेर प्रतिबन्धित छाला निकासी गरेको भेटिएको हो ।चिनियाँ लगानीमा खुलेको बारा भलुहीस्थित अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिजले एचएस कोड र उत्पादन फरक पारेर प्रतिबन्धित छाला निकासी गरेको छ । उक्त उद्योगले प्रतिबन्धित छाला निर्यात गर्न लागेकोबारे स्थानीय सरोकारवालाले चासो राखेपछि सुक्खा बन्दरगाह भन्सारले अहिले १ कन्टेनर छाला रोकेर राखेको छ ।स्थानीय अन्य उद्योगीले चासो राखेपछि भन्सार आपैmले जाँचपास गरिसकेको छाला रोकेको हो । एउटा घोषणा गरेर अर्कै छाला निकासी गर्न लागेको कुरा आएपछि एक कन्टेनर छाला रोकिएको जानकारी बन्दरगाह भन्सारका प्रमुख लालबहादुर खत्रीले दिए । ‘जाँचपासको अन्तिम चरणमा भएको अवस्थामा जानकारी आयो, अनुसन्धान गर्दैछौं,’ भन्सार प्रमुख खत्रीले भने ।भन्सार प्रमुखले जाँचपासको अन्तिम चरणमा रहेको छाला रोकिएको भने पनि कन्टेनर भन्सारबाट जाँचपास कर्मचारीको मिलोमतोमा भइसकेको थियो । भन्सारले कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) जारी गरेर कन्टेनर रेलमा लोड गर्न तयारी राखिएको छ । भन्सारले सिल लगाएर लोड गर्न तयारी अवस्थामा पठाएको कन्टेनर विवादित भएपछि तत्काल नपठाउन रेलवे सञ्चालकलाई पत्राचार गरेको छ । भन्सारले ओओसीयू ८५४६३०२ नम्बरको छाला लोड भएको ४० फिटको कन्टेनरमा ओओएल इभीजे ७७८६ नम्बरको सील लगाएर सीटीडी जारी गरेको छ । गलत विवरण उल्लेख गरेर सो छाला इन्डोनेसिया पठाउन लागेको हो । एचएस कोड ४१०१९०००००० मा बफेलो लेदर स्प्लीटेड उल्लेख गरेर निकासी गर्न लागेको छालाको कोड र उत्पादन फरक रहेको छाला उद्यागीहरूको दाबी छ । उक्त कोडमा काँचो छाला, नुन लगाएको, सुकेको, चुना हालेर रौं सफा गरेकोलगायत छाला पर्ने र यस्तो छाला निकासीमा प्रतिबन्ध लगाइएको उनीहरू बताउँछन् । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो छाला निकासीमा रोक लगाएको छ । उद्योगीका अनुसार स्प्लीटेड छाला निकासी गर्दा वेट ब्लु, क्रस्ड वा फिनिस्डसमेत उल्लेख गर्नुपर्छ । उद्योगले वेट ब्लु, क्रस्ड्स, फिनिस्ड, भेजिटेबल टेनेड र लेदर स्प्लीड उत्पादनको अनुमति पाएको छ । उद्योगले यसअघि पनि गलत विवरण पेश गरेर छाला निकासी गरेको खुलासा भएको छ ।सुक्खा बन्दरगाह भन्सारका अधिकृत उद्धव ढुंगानाले उक्त उद्योगले यसअघि पनि सोही विवरण घोषणा गरेर छाला निकासी गरेको बताए । गत फागुनमा सुक्खा बन्दरगाह भन्सारले छालाको नमूना पठाएर लिखित राय मागेकोमा विभागले समेत अस्पष्ट जवाफ पठाएको भेटिएको छ । भन्सारले लेदर स्प्लीटेड ९छालाको माथिल्लो तह०को नमूना पठाएकोमा भन्सार विभागले लेदर स्प्लीट ९तल्लो तह० भएको र नांगो आँखाले हेर्दा काँचो छालाजस्तो नदेखिने भन्दै गोलमटोल जवाफ फर्काएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास गरेको छ ।
विभागको उक्त पत्रमा भौंसीको काँचो छालालाई सामान्य प्रशोधन गरिएको, तर क्रोमियम रसायनको अंश नदेखिएको पनि उल्लेख गरिएको छ । छाला उद्योगीका अनुसार निकासीयोग्य मानिएको सबैभन्दा तल्लो तह ९वेट ब्लु०मा समेत उक्त रसायनको प्रयोग हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा...
spot_img
spot_img

सम्बन्धित समाचार

महागढीमाई मेलामा २५ लाखभन्दा बढीले मनोरञ्जन लिए

वीरगंज, २५ मंसिर । पञ्चवर्षीय ऐतिहासिक महागढीमाई मेलामा नेपाल तथा भारतबाट ल्याइएका मनोरञ्जनका सामग्रीहरुले थप रौनकता थपिदिएको छ । मेलामा करीब २५ लाख बढीले...

गढीमाई मेलाबाट फर्केको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु

बारा, २५ मंसिर । बाराको पञ्चवर्षीय गढीमाई मेला हेरेर सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दर्शनार्थी चढेको बा १६ च...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई...

जिप्रका, पर्साद्वारा रवि लामिछानेको बयान लिने तयारी

वीरगंज, २४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेको बयान लिने तयारी गर्दैछ । सोमवार पर्सा प्रहरीले उनलाई कडा सुरक्षाबीच पर्सा...

घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन गढीमाईमा आउने क्रम जारी...