spot_img

spot_img

बाराको प्रसौनीका प्रधानाध्यापक सिंहलाई कोठामा थुनेर किन कुटे वडा अध्यक्ष र उनका लठैतले !

बारा १६ कार्तिक ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय मावि बेलहियाका प्रधानाध्यापक पवन सिंहमाथी कुटपिट गरेको भिडियो सामाजिक संजालमा बाहिरिएको छ । भिडियो तीन सेकेन्ड को छ भने त्यस भिडियोमा देखिएका एक जनाले कार्यालयमै थुनेर कुटेको प्रष्ट देखिन्छ ।

प्रधानाध्यापक सिंहले वडा अध्यक्ष बृजकिशोर कुशवाहा र वहाँ सङ्गै आएका अन्य गुण्डाहरुले पालैपालो गरि आफुलाई मर्णासन्न हुने गरि पिटेको र एक एक गरि भिडियो बनाएको आरोप लगाएका छन । प्रधानाध्यापक सिंहले वडा अध्यक्ष कुश्वाहा र उनका लठैतहरुले पहिला देखि धम्काउदै आएको र आफुलाई धेरै दुख दिएको बताए ।

सिंहले वडाध्यक्ष कुशवाहाले आफूसँग पैसा दिनु भनेर माग्ने गरेको आरोप समेत लगाएका छन् । तलब, भत्ता र भवन निर्माण लगायत विद्यालयमा शिक्षक तोकेरै पैसा आउनेबारे उनले वडाध्यक्ष कुशवाहालाई जानकारी गराएको र यसैको रिसइबी साँधेको उनको आरोप छ ।यता वडा अध्यक्ष कुश्वाहाले बिधालयमा कहिल्यै पनि पूरा समय नदिने,समयमा शिक्षकको तलब उपलब्ध गराउन नसक्ने र दुई बर्ष देखि को बिधालयको बैंक स्टेटमेन्ट माग्दा समेत नदिएको र सो को लागि आफुले कुरा राख्दा नटेर्ने गरेको बताउदै केवल बिधालयमा राजनिती गराएर बिद्यार्थीको जीवन सङ्ग खेलवाड गरिरहेको आरोप लगाए । प्रधानाध्यापक माथी किन हातपात गरेको भन्ने प्रश्नमा आफु बिधालयमा पुग्दा सोही बिधालयका बिद्यार्थीहरुले उनिमाथी हातपात गरिरहेको देखेपछि बिद्यार्थीलाई आफुले त्यहाबाट धपाएको बताए । बिधालयमा गरिएको आर्थिक हिनामिना को हिसाब खोज्दा आफुमाथी बिपक्षीको ईसारामा आरोप लगाएर चरित्र हत्या गराउन खोजिएको कुश्वाहाले बताएका छन । सोही बिधालयका शिक्षक सोनालाल केशरिले कस्ले पिट्यो भन्ने प्रश्नमा आफुले नदेखेको बताएका छन । यद्यपि स्रोतका अनुसार वडाध्यक्ष कुशवाहा र सिंहबीच दुई वर्षदेखि नै त्यति राम्रो सम्बन्ध थिएन । वडा अध्यक्ष ले पिट्नै पर्ने अवस्था किन आयो ? संविधान ले वडा अध्यक्ष ले आफ्नै वडा का बिधालय का प्रधानध्यापक लाई कुटपिट गर्न त दिएको छैन ? अनि कर्मचारी हु भन्दैमा तलब आए मात्र पढाउने नभए बिधालय बन्द गर्नु के उचित हो ? यता, प्रहरीले भने घटनाबारे कुनै पनि उजुरी नआएको जानकारी दिएको छ । गाउपालिका अध्यक्ष भोला गुप्ताले समेत यो बिषयमा आधिकारिक रुपमा खबर न आएको प्रतिक्रिया दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा,...
spot_img
spot_img

सम्बन्धित समाचार

विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको...

नयाँ अन्तरिक्ष केन्द्र फिनल्याण्डमा स्थापना हुने

हेलसिङ्की, २५ असोज । फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको...

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज...

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

२३ असोज, धनुषा। हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी...