काठमाडौं। यूएईमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ। गएराति श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने पहिलो टिम बनेको हो।

सारजाहमा टस हारेर पहिले ब्याटिङमा आएको इंग्ल्याण्डले निर्धारित ओभरमा चार विकेटको क्षतिमा १६३ रन बनायो। उसका लागि जोस बट्लरले १०१ रनको शतकीय पारी खेले।

बट्लरले अविजित रहँदै शतक प्रहार गरेको खेलमा कप्तान इयोन मोर्गानले ४० रन बनाए। श्रीलंकाका वाहिन्दु डे सिल्भाले ३ विकेट लिए।

१६४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९ ओभरमा सबै विकेट गुमाएर मात्र १३७ रनमा समेटियो। उसका लागि डे सिल्भाले ३४ तथा भानुका राजापक्ष र दसुन शनुकाले समान २६ २६ न बनाए।

इंग्ल्याण्डका लागि मोइन अली, अदिल रशिद र क्रिस जोर्डनले समान दुई दुई विकेट लिए।

समूह १ मा ४ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। प्रतियोगितामा अपराजित रहेको इंग्ल्यान्डले एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको हो।

श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भएको छ। ४ खेलमा २ अंक जोडेर श्रीलंका अंक तालिकाको चौंथो स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय