काठमाडौं। प्रदेश नम्बर १ को मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्। गबठन्धनका तर्फबाट राईले दाबी पेश गरेका हुन्।

भीम आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेसँगै राईको दाबी परेको हो।

प्रदेश प्रमुख अधिकारीले मंगलबार दिउँसो १ बजेसम्मको समय राखेर नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। त्यससँगै गठबन्धनको तर्फबाट राईले ४९ जना सांसदको हस्ताक्षरसहित आजै दाबी पेश गरेका हुन्।

प्रदेश १ मा गठबन्धको प्रष्ट बहुमत रहेको छ। राईको पक्षमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय