spot_img

spot_img

सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

१५ कात्तिक उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ-गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साह रहेका छन् । उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधा घटने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विभिन्न प्रलोभनमा पारी कमला राईले लगाइरहेको सुनको एक तोला सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितले जनाएको छ ।

सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शंका लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको डिएसपी गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूले अन्य व्यक्तिहरूलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सम्पूर्ण जिल्लावासी नागरिकहरूमा सुन सफा गर्नेहरूसँग सचेत रहनसमेत आग्रह गरेको छ । उनीहरू गाउँ-गाउँ डुल्दै आफूहरू पीताम्बरको व्यापारी भएको र सुन पनि सफा गर्ने काम गर्ने बताउँदै हिँडेको अनुसन्धानबाट खुल्न आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा...
spot_img
spot_img

सम्बन्धित समाचार

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क खान-बस्न व्यवस्था मिलाएको...

रामवनको वस्ती जोगाएर चिडियाखाना बनाउन सर्वदलीय अनुरोध

वीरगंज, १३ असार/ जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै पर्सा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरु सम्मिलित टोलीले वीरगंज महानगर–३२ रामवन...

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ । बाराको कलैयामा रहेको रामराजा मोहन...