वीरगञ्ज, १५ कार्तिक ।
खुला सीमा भएका कारण अपराधिक गतिविधि बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा कडाई गर्ने विषयमा बहस शुरु भएको छ ।
नेपाली र भारतीय नागरिकलाई सीमा भएर आवतजावत गर्न अनिवार्य रुपमा परिचय पत्रको व्यवस्थापन गर्नुपर्ने विषयमा सरकारले आन्तरिक तयारी थालेको बेला अनावश्यक समाचार फिजाएर जनतालाई भ्रमित गराएको पाइएको छ । यद्यपी आइतवारबाटै सीमा क्षेत्रमा कडाई गरेर परिचय पत्र नै देखाउनुपर्ने कुरा भने कार्यन्वयन भएको छैन । भारतीय एजेन्सीले यस्ता समाचार सार्वजनीक गरेर भ्रमित गर्ने गरेको बताइएको छ ।
अफगानी, पाकिस्तान, बंगलादेशसहितका तेस्रो मुलुकका नागरिक सोझै नेपाल छिरेर शरणार्थीको रुपमा यतै बसोबास गर्ने र यहाँबाट विभिन्न अपराधिक गतिविधि सक्रिय पारेर शान्ति सुरक्षामा खलल पु¥याउने जस्ता क्रियाकलाप हुने जोखिम देखिएकाले सरकारले आन्तरिक तयारी थालीरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । यता सरकारले भने भारत सरकारसँग यसको आन्तरिक तयारी र प्रक्रिया थालेको छ ।