काठमाडौँ । थप २ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।
मालदिभ्स सरकारले सहयोगस्वरुप उपलब्ध गराएको २ लाख एक हजार ६०० डोज खोप आइतबार कतार एयरको नियमित उडानमार्फत नेपाल आइपुगेको हो।
खोप राति ८:३० मा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए।